हेल्लो सरकार तथा आदरणीय नेता गण, दिनहुँ समाचार हेर सुन, मन बिछिप्त पार यसरी नै बितिरहेका छ्न दिनहरु । यता कोभिड -१९को प्रकोप महामारी भनेर सारा देश लकडाउन गरिएको छ ।
उता कहीले गुट गुटको झगडा , कहिले मन्त्रीमण्डल हेरफेरको तयारी, कहिले को सिफारिस, बेला न कुबेला सर्प पालन , कहीले के कहीले के !! के महामारीमा सरकारको कामकाज यस्तै हो ?
एउटै घरमा छोरी बिरामी हुन्छिन् उनलाइ कोरोना भाईरसको संक्रमण देखिन्छ तर उनलाई स्याहार गर्ने आमाको स्वाबमा नेगेटिभ आउँछ भने यो मास्क, सामजिक दुरी के को लागी ? ईम्युनिटी पावर बढी भएर लक्षण नदेखिएला तर स्वाबमा त हुनु पर्ने होइन र ? घरका अरु कुनैपनी सदस्यलाई संक्रमण नहुनु के हो ? के यो हल्ला गरेजस्तै सरुवा रोग हो त ? के यो सांच्चै माहामारी हो त ?
यो कोरोना भाईरस केही होइन हाउगुजी मात्र हो भने ! सरकार लकडाउन खोलोस होइन भने गरिव जनतालाइ गासको सुविधा देओस ! हिजो हात्ति छाप चप्पल लगाएर सिंहदरबार छिरेको गरिब जनताको छोरोलाइ गाउँमा रोपाइँ गर्ने र मल चाहिने मिति थाहा हुँदैन कस्तो अचम्म। देश कंगाल बनाएर रातारात पजेरो चढेका नेताहरु माहाराजा बन्न नखोज।
गाउँ गाउँमा जनता सँग भोट माग्न आउँदा खाएको कसम याद गर !!दुईचार भ्रष्टलाई च्याप समातेर टुँडिखेलमा झुण्ड्याएर मार्नुहोस ३ करोड नेपाली जनता ले जयजयकार गर्ने छ्न सरकार ।
सम्माननिय प्रधानमन्त्री ज्यु , देशको अतिक्रमित भुमी समेटेर नक्सा अध्याबदिक गर्दा जुन साहासका साथ तपाईंले देशको अभिभावकिय भुमिका निर्बाह गर्नुभयो त्यही साहास र हिम्मतका साथ नेपाल आमाको कसम खाएर, आफ्नो दलको भनेर भ्रष्ट नेताको बचाउमा नलागि भ्रष्टाचार बिरुद्ध भण्डाफोर अभियान चलाउनुस अनि साह्रा जनता तपाइँको फेरि जयजयकार गर्ने छन् ।
उद्दोगी र ब्याबसायि हरु बैंकको ब्याज तिर्न नसकेर आत्म हत्या गर्न बाध्य हुँदैछन यता तिर पनि ध्यान जावोस ।
पार्क र भ्यु टावर अर्को वर्ष बनाऊला बरु सरकार ! भारत बाट आयात गर्न पर्ने तरकारि र खाद्यान्न यहीं उत्पादन गर्न लाई जनतालाइ अनुदान दिई उत्पादनको बजार ब्यबस्थापन गर्न पहल गरोस् । अब जनता सुन यहीँ फलाउन चाहन्छ्न ।
विदेशी भूमिमा दुख गरेका र रमाएका दुबै खालका नेपालीहरु अब त यो कोरोना महामारीका कारण आफ्नो परिवार र आफ्नो देश सम्झिएर दिनरात छटपटिएका छन । तिनीहरू लाइ स्वदेशमा फर्कने बाताबरण बनाउ।
आज बिस्व ब्यापी कोभिड-१९ को संकटले बिस्व रोएको छ ! हाम्रा गरिब जनता रोएका छ्न। विकास र निर्माणका काम लाइ यस बर्ष थाँती राखी जनता लाइ भोकमा गास देऊ सरकार। कृषक लाइ मल देऊ, बर्ष भरी हात मुख जोर्न खेती गर्ने किसानका पसिना सँग नखेलिदेउ । धान रोप्ने र मल छर्ने समय कहीले हो ?? जुन बेलामा जे को बढी आबस्यक छ त्यो गर !! मेरो घर छेउको बिग्रेको सडकको एक बर्ष धुलो खाउँला तर बिरामी भएर हस्पिटल पुगेका लाइ दिने सेवा र सुबिधा देऊ। यहाँ त कोरोना भाईरस भन्दा पनि अरु रोग ले मान्छे धेरै मर्ने अबस्था आईसकेको छ !
गर्मीको बेलामा कोरोना बाहेकका अरु रोग पनि लागेका हुन् सक्छ्न तर यहाँ सुरुमा कोरोना चेक नगरी अरु रोग हेरिदैंन ! कोरोनाको नेगेटिभ रिपोर्ट आउँदा सम्म मान्छे लाइ रोगले च्यापेर मर्ने अबस्था त मेरै आँखा अगाडि आफनै वार्डमा घटेको घटना बाट स्पष्ट भएकी छु !
सम्माननिय प्रधान मन्त्री केपी ओली ज्युले २ महिनअघि भन्नु भएको थियो – यो कोरोना केही होइन हाँछ्यु गर्ने उडाउने । हिजो सबै जनताले प्रधानमन्त्री प्रती व्यंग्य गरे आज यो सत्य देखिँदै छ । तर यहाँ कोरोनाको नाममा लुट धन्दा चलेको र मेडिकल माफिया मौलाउने चलखेल भएको त होइन ???
अन्त्यमा, आदरणीय युवा साथिहरु हामी जुनसुकै पार्टिको नेता वा कार्यकर्ता भएपनी बेतिथि देखेर पनि आँखा चिम्लिएर नबसौं ।
बेथिती र गलत अभ्यास जो सुकैले गरोस त्यसको बिरुद्ध आवाज उठाउँ । सुसासन र समृद्धिको लागि युवाको महत्त्वपूर्ण भुमिका हुन्छ सबैले त्यो भुमिका निर्बाह गरौ । जय देश






















