चितवन / चितवनको बिद्यार्थी राजनैतिक इतिहासमा सदैब सुन्ने गरेको नाम हो परमेश्वर खनाल । खनाल चितवनका सम्पूर्ण बिद्यार्थीहरुको लागी अभिभावक पनि हुन ।
चितवनमा कुनै विद्यार्थी समस्यामा पर्यो अथवा कसैलाइ जुनसुकै सहयोग चाहियो भने त्यो विकल्पको रुपमा आउछन खनाल । यस्ता एक हस्ती जो अब विद्यार्थी राजनीतिबाट मुल धारको राजनीतिमा उदाउँदो क्रममा छन । खनालले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको वडा नं. १० बाट वडा अध्यक्षको उमेदवारी दिएका छन्। ३६ वर्षीय खनाल कांग्रेसको विद्यार्थी राजनीतिमा सक्रिय नेता हुन् । वडा नं. १० मा उमेदवारी दिने मध्ये खनाल सबैभन्दा कान्छो उमेदवार पनि हुन् ।
खनालले वडाको विकासका लागि आफू प्रतिवद्ध रहेको बताए । युवादेखि सबै समूहको समस्यालाई समाधान गर्दै वडालाई व्यवस्थित र नमुना बनाउने अभियानमा आफू लागि परेको बताएका छन् ।
२०४३ सालमा जन्मेका खनालले २०६१ सालमा सप्तगन्ड्की कलेज भरतपुरको नेबिसघको इकाई अध्यक्ष, २०६५ मा सप्तगन्डकी कलेजकै स्वबियु सभापति,२०६६ सालमा नेबिसघ जिल्ला सचिब, दोस्रो सबिधानसभा निर्वाचनमा युबा तथा विद्यार्थी प्रचार प्रसार समितिको सयोजक भएर आमजनताको मनोभावना बुझेर काम गरेको अनुभव छ खनाल सग । त्यस्तै २०६८ सालमा मध्यमाञ्चल खेलकुद परिशदको उपाध्यक्ष,२०७६ मा नेबिसघको केन्द्रिय सदस्य,नेपाल रेडक्रस सोसाइटी भरतपुर १० को आजिबन सदस्य र हालसालै नेपाली काङ्ग्रेसको केन्द्रिय प्रचार प्रसार उप समितिको केन्द्रिय सदस्य हुन खनाल । यिनै खनाल सग स्थानीय तहको निर्वाचन केन्द्रित रहेर गरिएको कुराकानीको केहि अशं ।
प्रश्न १ ) भरतपुर माहानगरपालिका वडा न १० को वडा अध्यक्ष पदमा यहाँ चुनावी मैदानमा हुनुहुन्छ । किन र के का लागि चुनावी मैदानमा आउनुभयो ?
बिकाश, शुसासन र पार्दर्सिता कायम गर्नको लागि मेरो वडा अध्यक्षको पदमा उम्मेदवारी रहेको हो ।
जिल्लाको सदरमुकाम भएकोले सरकारी कार्यलयबाट चुस्त दुरुस्त सेवा प्रवाह र नागरिक पहुँच अभिबृद्धी गर्नका लागि मेरो उम्मेदवारी रहेको सम्पुर्ण वडा बासिहरुमा जानकारी गराउन चाहन्छु । त्यस्तै वडा न १० लाई साच्चिकै स्मार्ट शहर बनाउन र शहरको सुन्दरता अभिबृद्धी गर्न, स्वास्थ सेवामा आमनागरिकको पहुच बढाउन र प्रभावकारी सेवा प्राप्त गर्नको लागि म चुनावी मैदानमा होमिएको हो । मलाइ भरतपुर १० को वडा अध्यक्ष पदमा आमनागरिकले मतदान गरि जिताउदै गर्दा मैले यहाँहरु कसैको पनि मतको अपमान हुन दिने छैन भन्ने कुराको पनि अठाेट गर्न चाहन्छु ।
कांग्रेसले ‘सबल स्थानीय सरकार, समुन्नत गाउँ र समुन्नत नगर, केन्द्रदेखि गाउँसम्म नेपाली कांग्रेसको सरकार’ नारा बनाएको छ । यसका लागि पनि मलाइ मतदान गर्ने । स्थानीय तहले गर्ने संकल्पमा कांग्रेसले कोखदेखि शोकसम्मको सामाजिक कार्यक्रम अभियान अघि सारेको छ । यसकारण पनि मलाइ आम माहानुभाबहरुले मतदान गर्नु हुनेछ भन्ने मेरो आशा छ ।
प्रश्न २ ) वडा अध्यक्ष पदमा परमेश्वर खनाललाई नै किन मतदान गर्ने ?
हैन मलाइ भन्दा पनि भरतपुर १० को समग्र बिकासको लागि परमेश्वर खनाललाई अत्याधिक मत दिएर जिताउन सम्पुर्ण मतदाताहरुलाइ हार्दिक अनुरोध गर्न चाहन्छु । स्थानीय सरकारमा युवाको प्रभावकारी प्रतिनिधित्वका लागी, वडाको समग्र बिकाशको लागी, स्वास्थ, शिक्षा र रोजगारमा आमनागरिकको पहुँच बढाउनको लागी, दीर्घकालीन बिकाश, पर्यावरण सरक्षण र बाताबरणमैत्री दिगो बिकाश लक्ष हासिल गर्न र सार्वजनिक सेवा प्रबाहलाई प्रभाबकारी बनाउन र आमनागरिकको पहुँच बढाउन परमेश्वर खनाललाई वडाका सबै आमजनताले आफ्नो आफ्नो अमुल्य मत दिनु पर्छ भन्ने मेरो मान्यता र बुझाइ हो । आर्थिक समृद्धि, सामाजिक प्रगति, पूर्वाधार विस्तार, वन–वातावरणको संरक्षण र सुशासनको संकल्पलाई प्राथमिकतामा राख्ने छु ।
प्रश्न ३ ) तपाईंका जित्ने आधारहरु के के छन ?
मतदाताको सरचनामा युवाको बाहुल्यता छ र युवाहरुको वास्तविक प्रतिनिधित्व मेरो उम्मेदवारीले गराउछ । बिगत ५ बर्षको बिकासको सुस्त गतिले वडाको बिकास ज्यादै न्यून गतिमा रहेको देखाएको छ ।वडामा मेरो प्रवेश हुने बित्तिकै बिकासको बिजारोपणको शुरूवात हुनेमा कुनै शका उपशका नगर्न सम्पूर्ण वडा बासी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरुमा अपिल समेत गर्न चाहन्छु । बिगत २० बर्ष देखि शिक्षा स्वास्थ जस्ता विषयमा युवाहरु सगै रहेर उनीहरुको हक हितमा काम गरेको कारणले पनि मलाइ सफलता हात पार्न सजिलो हुनेमा मलै बिश्वास लिएको छु । जेष्ठ नागरिकहरुका बिचमा सबै भन्दा प्रिय उम्मेदवारको रुपमा मलाइ मेरो वडाका जेष्ठ नागरिक बुवा आमाहरुले आशिर्वाद दिनुभएको छ ।
प्रश्न ४) अरुहरुका देखावटी घोषणापत्र छन । तिनीहरुको र यहाँकोमा के फरक पाउने आमनागरिकले ?
‘२०७४ मा जस्तो कार्यान्वयनमा आउन नसक्ने सपना बाँडेर जनता झुक्काउने काम म बाट हुदैन ।
म एउटा युवा केटो । कुरामा भन्दा पनि काममा बिश्वास गर्दछु । मेरो योजनाहरु धेरै छन तर अरुको जस्तो हावादारी रुपमा प्रस्तुत गर्दै हिड्ने मेरो बानी छैन ।
मेरो दुर दृष्टि भनेको माहानगरको वडा न १० को बिकास र समृद्धि नै हो । यसका लागी बौद्धिक समुदाय, नागरिक समाज, मानव अधिकार समुदाय, पेशाकर्मी, आदरणीय जेष्ठ नागरिक र महिला सहभागीतामा समग्र बिकास र समृद्धिका योजना निर्माण गरि त्यसको कार्यन्वन गराउने । सामुदायिक सम्पत्ति र धार्मिक स्थलको सरक्षण र बिकास गर्ने, सामुदायिक अध्ययन केन्द्र र जेष्ठ नागरिक मिलन केन्द्र निर्माण गरि समुचित ब्यबस्थापन गर्ने । त्यसै गरि गेस्ट हाउस चौरमा सहिद पार्क निर्माण गरि शहिदहरुको प्रतिमा स्थापना गर्ने । स्मार्ट सिटिको बिकासको लागी अत्यावश्यक ठाउहरुमा फ्री वाइफाइ, ढल निर्माण, चौका सडक र उज्यालो शहर निर्माण गर्ने कुराहरु मैले मेरो प्राथमिकतामा समाबेश गरेको छु । यी त केही उदाहरण मात्रै हुन काम गर्दै जादा अन्य धेरै बिकास निर्माणका कामहरु गर्नु पर्ने छन ।
वडाले पूरा गर्न सक्ने कार्यक्रम र योजनालाई अघि बढाउँछु । अन्य राजनीतिक दलले जस्तो सपना बाँडेर भ्रम छर्ने काम यसपटक म बाट हुदैन । शिक्षा, स्वास्थ्य, स्थानीय पूर्वाधार विकास, प्राकृतिक स्रोत र पर्यावरण, कृषि, उद्यमशीलता, रोजगारी, सामाजिक सुरक्षा र गरिबी निवारणका कार्यक्रमलाई विशेष जोड दिने छु ।
पाँच वर्षको सिकाइ र भोगाइबाट आगामी यात्रा तय गर्नुपर्ने भन्दै त्यसका लागि असल शासन र जवाफेदेहिता, सहज र प्रभावकारी सेवा प्रवाह, नीतिगत र कानुनी सुधार, संस्थागत विकास र सबलीकरणलाई मैले मेरो लक्ष्य बनाएको छु ।
प्रश्न ५) मान्नुस कि यहाँले वडा अध्यक्ष जित्नु भयो । वडाको बिकासमा के कस्तो कायापलट गर्ने सोच बनाउनु भएको छ ?
सरकारी अस्पतालको स्तर वृद्धि गरि सबै प्रकारका सेवा चितवन बाटै उपलब्ध गराउने र भरतपुरको सरकारी अस्पताललाई बिशिस्टकृत सेवा सहितको सुबिधा सम्पन्न अस्पताल बनाउने । बिरेन्द्र क्याम्पस चोक, चौबीसकोठि, हाकिमचोक र बिशालचोकमा फ्लाइ ओभर निर्माण गरि सडक सुरक्षा बढाउने, सफा शहरको लक्ष्य अनुरुप सार्वजनिक शौचालय निर्माण गर्ने, वडा भित्र रहेका सामुदायिक बिधालयहरुको शैक्षिक गुणस्तर वृद्धि गरि प्राबिधिक र शिपमुलक शिक्षामा पहुँच वृद्धि गराउने, दैनिक उपभोग्य बस्तुका लागी ब्यबस्थित हाटबजार सच्चालन गर्ने मेरो योजनामा छन । यसका अलवा मेयर साहेब सग सहकार्य र समन्वय गरि थप बिकासका कामहरु अगाडि बढाउने सोच छ । मैले यदि वडा अध्यक्ष पदमा जिते भने अनियमिता, कुशासन, भ्रष्टाचार र राष्ट्रिय अहितका काममा खबरदारी र प्रश्न उठाउने छु ।
प्रश्न ६)तपाईं त नेपाली काङ्ग्रेस को उम्मेदवार हुनुहुन्छ । गठ बन्धनका सहयात्रीबाट मत पाउनेमा कत्तिको बिश्वस्त हुनुहुन्छ नि ?
हैन म नेपाली काङ्ग्रेसको मात्र नभई सारा माहानगरवासि आमा बुवा दाजु भाइ बहिनिहरुको साझा उम्मेदवार हो । मलाई सबैको मत आउँछ । के काङ्ग्रेस के एमाले के गठबन्धन । त्यसमा पनि गठबन्धनको मत मलाई १००% नै आउँछ यसमा म लगायत वडा बासिहरु ढुक्क छौ । यो गठबन्धन प्रतिगमन बिरुद्धको गठबन्धन हो । सबै साथीहरू प्रतिगामिहरुक विरुद्धमा जनमतको मोर्चामा प्रतिबद्ध हुनुहुन्छ र गठबन्धनको मत पुर्ण रुपमा मेरो पक्षमा रहन्छ साथै म निर्वाचित भएमा साझा प्रतिनिधिको रुपमा सबै नागरिकलाई निर्वाध सेवा प्रवाह र बिकासमा सहभागी बनाएर जानेमा कुरामा समेत प्रतिबद्धता जाहेर गर्न चाहन्छु ।यो गठबन्धन सघियताको कार्यान्वन र भ्रष्टाचार विरुद्धको अभियान पनि भएकोले गठबन्धन एक ढिक्का भएर एक सिक्काका दुई पाटा भएर अगाडि बढ्नेछ । मेरो कार्यकालमा मेरो वडामा पारर्दर्सिता सहभागीता र अस्पतालमा सेवा लिन आउने बिरामी र कुरुवालाई सर्ब सुलभ मुल्यमा खाना उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्दछु । सडक सुरक्षा र शहरको सुन्दरताका लागी ओभर हेड बृज र सार्बजनिक शौचालय निर्माण गर्ने । यी र यस्तै बिकास निर्माणका कामका लागी पनि सबै मतदाताको मत प्राप्त हुने कुरामा म ढुक्क छु ।
प्रश्न ७ ) अरु वडा अध्यक्षका उम्मेदवार र तपाईमा के फरक पाउने आम जनमानसले ?
युवा जोश र शैक्षिक पृष्ठभुमि छ । परिवर्तनका लागि प्रयत्नशील शिक्षा र बिकास प्रती समर्पित छु ।दुर दृष्टि मिसन र बिकासको नयाँ भिजन म सग छ । नागरिक सेवा चुस्त दुरुस्त र प्रबिधि मैत्री बनाउने अठोट छ । जेष्ठ नागरिकको स्वास्थ सेवा र निशुल्क रक्त सच्चार सेवामा पहुँच वृद्धि गराउने लक्ष्य छ । यी र यस्तै परिवर्तनका एजेन्डाले अन्य उम्मेदवार भन्दा मलाइ फरक पाउनु हुनेछ ।
भरतपुर माहानगर पालिका वडा न १० मा बोल्न पर्ने र स्थानीय घोषणापत्रमा समाबेश गर्नु पर्ने कुराहरु :
१) मुख्य राजमार्गसग जोडिएका भित्री सडकको स्तर उन्नति गर्ने ढल र अन्य निकास ब्यबस्थित गर्ने ।
२)भरतपुर १० मा रहेको दुई मेडिकल कलेज, अन्य ३० साना ठुला अस्पतालबाट निस्केका फोहोरलाइ मानबिय स्वास्थमा असर नपर्ने र बाताबरणमा कम प्रभाव पर्ने गरि ब्यबस्थापन गर्ने ।
३) सार्वजनिक जग्गाको सरक्षण र सम्बर्द्धन गर्ने, पाटी पौवा र पुरातात्त्विक सम्पदाको सरक्षण गर्ने ।
४) वृद्ध बृदाको समय ब्यतित गर्ने गरि स्थानीय मठ मन्दिर गुम्बाहरुको स्थानीय सग समन्वय गरि सत्सग र ध्यान स्थल, बिहानी योगा स्थल निर्माण गर्ने ।
५) युवा तथा विद्यार्थी, बालबालिका र आमनागरिकका लागि अपांग मैत्री पार्क बाटिका र खुल्ला बहुप्रयोगमा आउने, मैदान र जिम पार्क निर्माण गर्ने ।
६) बढदो शहरीकरण र हुन सक्ने घटना दुर्घटना र अपराध नियन्त्रणका लागि वडाका सम्पुर्ण संबेदनसिल ठाउमा चौबीसै घन्टा नियन्त्रण गर्ने क्क्त्व क्यामेरा जडान गर्ने ।
७) खानेपानी समस्या समाधान गर्नको लागि आबश्यक पहल गर्ने ।
८) महिला तथा युवा स्वरोजगार र सीप वृद्धिका लागि तालिम र सिपमुलक कक्षा सन्चालन गर्ने ।
९) भरतपुर १० का स्थानीय बासिन्दाका लागि वडा बाट प्रबाह हुने सेवालाइ घर घरमा पुर्याउने त्यसको सहज ब्यबस्थापनको लागि (BNP admin app) सन्चालनमा ल्याउने ।
१०) स्थानीय स्कुल र कलेजहरुसग समन्वय गरि शत प्रतिशत साक्षर वडा बनाउने ।





















