हेमन्तका दिन म जेलघरको कोठाबाट देखिने साँघुरो झ्याल नजिकै जाडोले ककर्किएर अकाशतिर हेर्छु धर्तिलाइ न्यानो बनाउने त्यो घामलाई सेतो कालो पर्दाले छोपेको छ ।
सायद पर परका सबैजसो गाउँहरु कुहिरोको सिरकभित्र गुजुल्टिएका छन ।बस्तिभित्र चिसोको मात्रा जति बढेकोछ सुनिन्छ त्यो भन्दा बढि सन्त्राशको आगो दन्किएको छ । म चेतनाको चित्तलाई शासन सत्ताको केन्द्रतिर धकेल्छु जतिबेला यहि संसदबादका पुजारीहरु संसदभित्र संकटकालको निर्णयमा सहि धस्काएर अधिकारकालागी लडिरहेका बिद्रोही माओबादीलाइ खोज र नष्ट गर अभियान चलाउन अनुमती प्रदान गरेका छन ।
पुसको चिसो र संकटकालको असिनाले सारा गाउँ काठिएको छ। तर पनि बिद्रोहिहरुमा एउटा बिश्वास छ, बलियो आस्था छ । आज त्यस्तो छैन जनयुध्द / जनाअन्दोलनले पाएको सिमित उपलब्धी पनि सन्काहा साँढेले पैतालाले कुल्चिएको अवस्था छ २०४७ को सम्बिधान लागू भैसकेपछिका कयौँ जनबिरोधी हर्कत हेर्दा जनतन्त्रको रक्षा कहाँनेर सुरक्षित छ ? जन जीविकाको सवालमा हजारौँ भोकाहरुको आँखाको आँसु कहाँ पुछिएको छ ?? २०४८ को संसदको चुनाव र २०४९ को स्थानिय निर्वाचनको परिणाम पछि गोरखा जिल्लामा भएको नाङ्गो काँग्रेसिकरण २०५१ को मध्याबधिको चुनाव र अहिलेको अवस्था देख्दा कवि केवलपुरे किसानको यो कविताँश मनन गर्नु पर्दछ – ” ढुङ्गा क्यै बटुलेर राख तिमिले आफ्ना ती झोलाभरी जाउ वस्ती पहाड गाउँ घरका नक्सा खिची राम्ररी खोजिदिन्छु म बाँस गाउँ घरमा भाला बनाउ तीखो तम्तयार भएर ठीक्क पर है बेला छ यो क्रान्तिको तर हामी धैर्यसाथ बन्दी बन्न सकेका छैनौ । कारागार शाखाका सहयोगी एकजना कर्मचारी छन जित बहादुर ।
हामी सबै उनलाई जितबहादुर दाइ भन्छौँ । कहिलेकाँहिँ बजार हल्ला उनले जेलभित्र ल्याउछन ।खासगरी एमाले पार्टी कार्यालमा के के अनुमानित गप्फ हुन्छ त्यसलाई थपथाप गरेर हामिकहाँ सुनाउछन । जिल्लाका धेरै शिक्षकहरु कारागारमा कोचिएका कारण बिद्यालयहरु अस्तब्यस्त छन । माओबादिको आरोपमा जति शिक्षक नजरबन्दमा छन त्यो भन्दा बढी काङ्ग्रेस समर्थक शिक्षकहरु बिद्यालयमा अनुपस्थित छन ।
उनिहरु या त सदर मुकाममा छन या काठमाणौमा शरण लिएका छन । त्यसकारण बिद्यालयहरुमा पठन पाठन ठप्प छ । कयौँ अभिभावक र बिद्यालयका अध्यक्षहरु शिक्षा कार्यालय र प्र जि अ कहाँ डेलिगेसन आएका छन तर स्थिती प्रजिअको नियन्त्रणमा छैन । शाही सेनाको उच्च तहमा दबाब पुग्यो भने हामी मध्ये कतिपय साथिलाई रातारात छुट पुर्जी आउँछ । जित बहदुर भन्छन एमाले कार्यालयमा यिनै बिषयको चर्चा हुने गर्छ ।
बाहिर जिल्लाका खास गतिबिधिको सुचनाको पहुँच यहाँ छैन । नेपाल टेलिभिजन रेडियो नेपाल सरकारी सुचना बाहेक अरु केही दिने होइन ।
माओबादिको अभियोगमा गाउँबाट समातिएर हिरासत हुँदै कारागार आइपुग्न कोहि सक्यो र माओबादिको निकट यदि छ भने केही गतिबिधिका सुचना पाइन्छ ।
अघिल्ला बर्षहरुमा बनेका सम्पर्क सुत्र हरु सबै टुटेकाले पनि यो अवस्था आएको छ । केही महिना पहिलेसम्म जेलमा सङ्गै बिताएको साथी छुटेर गयो यदि भने उ कहिल्यै फर्किएर अरु बन्दी भेट्न आउदैन । सायद प्रशासनको निगारानिमा भएर होला ।
मुस्किलले बुधबार भेट्घाटका लागि आएका आफन्तसित परिवार व्यवहार र छिमेकिको बारे हलुका सम्बाद गर्यो तोकिएको समय सकियो बस ।





















