माडीमा बारम्बार विद्युत सेवा अबरुद्ध हुँदा कार्यालयमा प्रशासनिक कामका लागि जाने सेवाग्राहीहरु प्रभावित हुने गरेका छन् ।
नगर क्षेत्रभित्र भएका सबै कार्यालयहरुमा विद्युत बाहेकको उर्जाको माध्यमको अभाव छ । जसका कारण विद्युत सेवा अबरुद्ध हुँदा सेवाग्राहीहरु मर्कामा पर्ने गरेका छन् । कामका लागि भनेर कार्यालय धाउदा कहिले लाईन गएको बेला पर्छ ।
अनि कर्मचारीहरुले आज लाईन छैन । तपाईंहरु भोलि आउनुस् पर्सि आउनुस् भनेर पठाउने गरेको सेवाग्राहीहरुको भनाइ छ ।
आजको २१ औं शताब्दीमा आइपुग्दापनि इन्भटर, सौर्य उर्जाको अभावमा लाईन छैन भनेर फर्कनु पर्ने अबस्थाले हामी बिकासमा पछाडि भएको कुराको इङ्गित गर्छ ।
नगरपालिकाले बर्षेनी बजेट छुट्टाउदा कार्यालयहरुका लागि इन्भटर वा सोलार किन्ने रकम पनि छुट्टाउनु पर्दछ । अबका दिनहरुमा कार्यालय जादा सेवाग्राहीहरु लाईन नभएर फर्कनु नपरोस् । र छिटै स्थानीय निकायको पहलमा माडीमा दीर्घकालीन विद्युत सेवा र सबै कार्यालयहरुमा इन्भटरको अथवा सौर्य उर्जाको ब्यबस्था होस् ।





















