नेपाल सरकारले CTEVT ले सन्चालन गर्दै आएको CMA , ANM ,Lab Assistance लगायत सम्पुर्ण T SLC प्रोग्राम हरु हटाउने निर्णय गरेको छ । यी प्रोग्राम हटाउने निर्णय सगै १ लाख भन्दा बढी हाल सम्म उत्पादित जनशक्ति लाई अप्रत्यक्ष रूपमा मार पर्ने देखिन्छ ।
हाल सम्म उत्पादित जनशक्ति लाई उचित ब्यवस्थापन गर्नु पर्छ भनी नेपाल सि एम ए संघ ले २०६० साल देखि नै आफ्ना माग हरु नेपाल सरकार समक्ष पेश गरि पटकपटक आन्दोलन गरि विभिन्न सरकार संग सम्झौता गरे ता पनि हाल सम्म कार्यन्वयन नभएको र हाल आएर नेपाल सरकार ले अध्यन कार्य बन्द गरेर यो समस्याको समाधान गरे जस्तो देखाउन खोजेकाले अब त यसका लागि लड्ने दायित्व नेपाल स्वास्थ व्यावसायी परिषद को पनि भएको छ ।
परिषदमा दर्ता भएका आफ्ना ब्यबसायीहरुको आफ्नो परिषदको आचार संहिता अनुरुपको व्यावसायिक हकहित सुरक्षित गर्नु परिषद को पनि जिम्मेवारी हो । आशा छ यस कार्यमा परिषद पनि लाग्ने नै छ ।
साथै सम्पुर्ण चिकित्सा तृतिय श्रेणीमा दर्तावाल स्वास्थ व्यावसायी साथीहरू पनि अब यस लडाईमा होमिनु पर्ने हुन्छ । कोभिड १९ को यस महामारी मा उपस्थित भै आफ्ना गतिविधि र माग हरु अगाडी बढाउन नसके पनि सामाजिक संजाल पत्रपत्रिका मार्फत पनि आफ्ना आबाज हरु बुलन्द बनाउनु पर्ने देखिन्छ ।
महामारीको गम्भिर्यता लाई मध्यनजर राखी नेपाल सि एम ए संघ पनि भौतिक रुपमै आफ्ना गतिविधि हरु सचालन गर्ने तर्फ सधै तत्पर छ ।
( लेखक कपिल खनाल नेपाल सि एम ए संघ को केन्द्रिय उपाध्यक्ष हुनुहुन्छ )





















