चितवन – चितवनको भरतपुर–१०, मा रहेको नारायणी सामुदायिक हस्पिटल (एनपीआई)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमामा ११ लाख रुपैयाँ सहयोग गरेको छ ।
चितवन उद्योग वाणिज्य संघ मार्फत हस्पिटलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको हो ।
हस्पिटलकी संचालक एवं पूर्व सांसद गीता वाग्ले, हस्पिटलका उपाध्यक्ष चुडामणि खनाल, प्रवन्ध निर्देशक विष्णु कुवँर, संचालक सदस्य निरज श्रेष्ठले चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीलाई चेक हस्तान्तरण गर्नुभयो ।
संघका तर्फबाट पूर्व अध्यक्ष कल्याण जोशी, वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली, उपाध्यक्षद्धय राजन पिया र नारायण प्रधान उपस्थित हुनुहुन्थ्यो ।
भीषण बाढीले हजारौं परिवार घरविहीन र हजारौं बेपत्ता भएकाले राहत तथा पुर्नस्थापनाका लागि उक्त रकम सहयोग गरिएको संचालक वाग्लेले बताउनुभयो ।
गत भदौ १० गते रसुवामा आएको बाढीले हजारौं मानिस बेपत्ता छन् । हालसम्म करिव ८ सय जनाको मृत्यु भइसकेको छ । बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुर्याएको छ । राहत तथा पुर्नस्थापनाका लागि अहिले विभिन्न संघसंस्था र व्यक्तिहरुले सहयोग रकम हस्तान्तरण गरिरहेका छन् ।





















