चाईना अर्थात चिन देशवाट कोभिड– १९ वा कोरोना भाईरस सन् २०१९ को अन्तिम तिर देखिएर विश्वका २१३ भन्दा वढि देशमा फैलिएको मानव नाशक भाईरसको रुपमा झन वढि फैलिरहेको छ ।
कोभिड– १९ वा कोरोना भाईरसको रोकथाम र नियन्त्रणको वारेमा विश्व स्वास्थ्य संगठनको भूमिका विवादस्पद भएको कारण विश्वमा हुन सक्ने गंभिर सरुवा मानवघाती रोगलाई समयमा नै नियन्त्रण गर्न र रोगको सही पहिचान गरि विश्व मानवलाई निरोगी वनाउने उदेश्यमा वज्रपात भएको छ ।
यसको चपेटामा विश्वका अन्य देश जस्तै हामी पनि प्रताडित भएका छौं । विश्व मानव आफै सचेत भएर जीवन जोगाएर स्वतन्त्रता रोज्न पर्ने अवस्थामा पुगेका छौं । कोभिड– १९ वा कोरोना भाईरस हामी नेपालीले आफ्नै माटो र भूगोल सुहाउँदो उपाए पनि अंगालेर रोग लाग्नु भन्दा रोग लाग्नै नदिने निरोगी नेपाली वन्न र वनाउन आवश्यक छ ।
सरकार र जनता दुवै मिलेर सकरात्मक समन्वयका साथ सचेत भई कार्य गरेमा हामीले सजिलै यस्ता महामारीवाट वाच्न सक्छौं । कोरोनाको वारेमा आएका फरक–फरक दृष्टिकोणले मानवलाई झन वढि दोधार र भ्रमित वनाएको छ । आत्मविश्वास दरिलो वनाउनु नै कोरोनाको रोगवाट वच्ने प्रमुख औषधी हो ।
सरकारले गठन गरेको कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्च स्तरिय समितिमा आयुर्वेद तर्फका कम्तिमा २ जना अनुभवि वैध कविराज वा डाक्टर समेत समावेश गरि समन्वय साथ कोरोना नियन्त्रण तथा रोकथामको काम गर्न जरुली छ ।
केन्द्रको प्रत्यक्ष नियन्त्रण र निर्देशनमा रहने गरि जिल्ला स्तरमा गठन भएको कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम समितिलाई अझै फराकीलो वनाइ आयुर्वेद तर्फका कम्तिमा २ जना अनुभवि वैध कविराज वा डाक्टर तथा योगगूरुहरुलाई समेत समावेश गरि समन्वयमा काम गर्ने गरी थप स्थानिय स्तरमा राजनीतिक संयन्त्र वनाउन जरुली छ ।
हरेक पालिकाको उपप्रमुख वा उपाध्यक्षको अध्यक्षतामा कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम समिति निर्माण गर्ने र यस समितीमा पालिकाको प्रमुख वा अध्यक्ष र निकटतम पराजित प्रमुख वा अध्यक्ष तथा उपप्रमुख वा उपाध्यक्ष समेत सल्लाहाकार रहने अनि हरेक वडाका विजय भएका र निकटतम् रुपमा पराजित भएका सवै वडा अध्यक्ष र सदस्यहरु सदस्यको रुपमा रहने र यस समितिका प्रमुखले तोकेको व्यक्ति सदस्य सचिव भई पालिका रहेको जिल्लाको जिल्ला प्रशासन, जनस्वास्थ्य, जिल्ला प्रहरी, ट्राफिक प्रहरी समेत विश्वासिला संघ संस्थाको सहयोगमा संचारकर्मी समेतको समन्वयवाट आयुर्वेदिक विज्ञ र औषधीलाई समेत सदुपयोग गरि ठोस रुपले स्थानिय तहमा राजनीतिक संयन्त्र वनाई कोरोना नियन्त्रण तथा रोकथामको कार्य गर्दा मात्र जनताले वढि राहात पाउने छन् ।
यसो गर्दा हरेक घरघरमा कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम सम्वन्धि सचेतना र सतर्कता पुग्न सक्छ । घरमुलीवाटै घरमा, टोलका समुदायवाट टोलमा र समाजका समुदाय मार्फत समुदायमा अनि राज्य संयन्त्रवाट सम्वन्धित स्थानका आयुर्वेदिक विज्ञ र औषधी, योगासन समेतलाई सदुपयोग गरि नागरिकलाई वचाउन र कोभिड– १९ वा कोरोना भाईरसलाई जित्न सकिन्छ ।
फेरी हाम्रो जस्तो आर्थिक अवस्था मजवुत नभएको र आत्मनिर्भर नभएको राज्यले अन्धाधुन्द रुपमा पि सि आर टेष्ट गरी १ जना कोरोना पोजेटिभ भेट्न १ लाख ४ हजार खर्च गर्ने पनि होईन । हाम्रो जस्तो गरिव राज्यले अन्धाधुन्द दैनिक १२ हजारको हारहारीमा पि सि आर टेष्ट गर्दा १ हजारको हाराहारीमा कोरोना संक्रमित भेटिएका छन् । यसको लागि हाम्रो राज्यको कम्तीमा दैनिक ७० करोड खर्च भएको छ ।
कोरोना पोजेटिभ देखिएका मध्ये ८० प्रतिशतलाई कुनै लक्षण हुदैन । रोग लागेको र निको भएको केही थाहा हुदैन । वढिमा १६० जनालाई मात्र लक्षण देखिन सक्छ । यसमा पनि अन्य दिर्घ रोगवाट समेत पिडित भएका करिव ८० जना संक्रमितलाई अस्पताल खाँचो हुने हो । अस्पतालमा पनि वाफ दिने, सिटामल प्रयोग गर्ने लगायतका सहायक औषधी प्रयोग हुने हो । यसको कुनै खोप आएको पनि छैन ।
यस भाईरसको संक्रमण हुने खतरा स्वाथ्य केन्द्रमा झनै वढि देखिएका छन् । संक्रमण देखिएकोलाई आवश्यकता अनुसार होम आईसुलेसनमा राख्दा जस्तो अरु कल्याण एकै ठाउँमा राखेर हुदैन । फेरी कोरोनाको संक्रमितको हल्ला र सामाजिक व्यवहारको वेदनाले धेरै मानवमा कोरोनाको आतंक फैलिएको छ । राजनीति हरेक व्यक्ति, घर, समुदायमा मा पुगेको कारणवाट स्थानिय राजनितिक संयन्त्र सुढृड रुपमा समन्वय साथ संचालन गर्न सकेको भए यो कोरोनाको समस्या विकराल हुने थिएन ।
फेरी लक डाउन, सट डाउन र निषेधआज्ञाले मात्र पनि कोरोना रोकथाम हुन सहयोग मात्र गर्छ यसको नियन्त्रण गर्न गराउन सकिन्न । तसर्थ स्थानिय राजनीतिक संयन्त्र पनि आवश्यक छ । कोरोनाको लक्षण देखिएको व्यक्तिलाई सरकारी संयन्त्रले मात्र पि सि आर टेष्ट गर्नु पर्छ । यसो गर्दा दैनिक वढिमा ३ हजार जनाका पि सि आर टेष्ट गरे पुग्छ । यसो गर्दा राज्यलाई दैनिक ५५ करोड वचत हुन्छ ।
समाजमा अनावश्यक कोभिड– १९ वा कोरोना भाईरसको आतंक पनि हुदैन । वचत भएको रकमले स्थानिय संयन्त्र संग समन्वय गरि रासन तथा खाध्यान्न, आयुर्वेदिक औषधी, सेवन गर्ने शिक्षा राज्यका नागरिकका घरघरमा पुराउन जरुली छ ।
राज्यले नेपालमा भएका आयुर्वेदिक औषधी सेवन गर्नको लागि प्रोत्साहन गर्ने, तातो पानीको वाफ लिन लगाउने, घरेलु औषधी प्रयोग गर्न लगाउने, आयुर्वेदिक वैध तथा डाक्टरहरुलाई उचित सम्मान र सदुपयोग गर्ने, आयुर्वेदिक औषधी राज्यको हरेक स्थानमा पुराउने, मेडिकल डाक्टर र आयुर्वेदिक अनुभवी वैध डाक्टरलाई उचित सम्मान र सदुपयोग गरि औषधीलाई प्रयोग गर्ने, कमीसनको आकारमा औषधी प्रयोग गर्न अनुमती दिने र नदिने कालाधन्दामा लडाई नगर्ने, योग गराउने, योग गुरुहरुको व्यवस्था गर्ने, खान नपाएर शरिर कमजोर भई कोरोनाको उच्च जोखिममा परेकालाई कम्तिमा गाँस वासको व्यवस्था गर्ने, राहात आफ्नालाई मात्र होईन सवै नागरिकलाई वितरण गर्ने, खुुल्ला सिमानामा कडाई गर्ने, सुरक्षित माक्स प्रयोग गरि सामाजिक दुरी कायम गरि दैनिक व्यवहार चलाउन स्थानिय राजनीतिक संसन्त्र संग समन्यवय गरि हरेक स्थानिय निकायका वडा मार्फत टोल र टोल मार्फत घरमुलीलाई जिम्मा दिने यसको अनुगमन टोल र स्थानिय संयन्त्रले गर्ने गराउने, राज्यले अनावश्यक रुपमा खर्च भएका रकम कटौती गरी डुवेका व्यापार व्यवसायलाई वैंक मार्फत लगानी वढाउने र आर्थिक आत्मनिर्भर वनाउन वित्तिय संरचना संचालन गर्ने जस्ता कयौं सकरात्मक सोचका साथ शक्तिलाई मात्र होईन स्थानिय राजनीतिक संयन्त्र मार्फत जनतालाई साथमा लिएर कोभिड– १९ वा कोरोना भाईरस विरुद्ध लड्न सकिनेछ ।
कोभिड– १९ वा कोरोना भाईरसको समस्या राज्यले मात्र रोकथाम, नियन्त्रण र निमूर्ल पार्न सक्दैन । यसमा हामी नागरिकको पनि समान दायित्व र जिम्वेवारी छ । राज्य तथा स्थानिय राजनीतिक संयन्त्रले तोकेका नियम पालन गरी कोभिड– १९ वा कोरोना भाईरस निमूर्ल गर्नको लागि घर–घर, समुदायवाट सोचनिय रुपमा सतर्क भई सकरात्मक सोच साथ एकतावद्ध भयौं भने मात्र यो भाईरसलाई सजिलै जित्न सकिन्छ ।
आयुर्वेदिक औषधी, योग समेतलाई उचित सदुपयोग गरि निरोगी नेपाल र नेपाली निर्माण गर्न तर्फ लामवद्ध हुन जरुली छ । अन्यथा विकराल भाईरसको समस्याले हामीलाई वढि क्षति गरि नरुवाउला भन्न सकिन्न । सवैमा चेतना भया ।
(लेखक हरि मैनाली अधिवक्ता तथा नोटरी पव्लिक आधिकारिक अनुवादक हुनुहुन्छ )





















