विश्व स्वास्थ्य संगठनले कोभिड– १९ वा कोरोना भाईरस विश्व भ्रमण गर्दै मानवका स्वास्थ्य विगार्दै नाच्न थाले पछि दर्शक वनेको यस संगठनले विश्व मानवमा खतराकोे घण्टी वजायो । यसको जिवन्तकाल कति हो भनेर विश्व स्वास्थ्य संगठन समेतले अनुमान गर्न सकेको छैन ।
कोभिड– १९ वा कोरोना भाईरसको रोकथाम र नियन्त्रणको वारेमा विश्व स्वास्थ्य संगठनको भूमिका विवादास्पद भएको कारण कोभिड– १९ वा कोरोना भाईरस सन् २०१९ को अन्तिम तिर चाईना अर्थात चिन देशवाट विश्वका २१३ भन्दा वढि देशमा फैलिएको मानव नाशक भाईरस वन्न सफल भयो ।
विश्वमा हुन सक्ने गंभिर सरुवा मानवघाती रोगलाई समयमा नै नियन्त्रण गर्न र रोगको सही पहिचान गरि विश्व मानवलाई निरोगी वनाउने उदेश्यले विश्वका विभिन्न मुुलुकवाट अनुदान थापेर स्थापना भएको यो संस्थाको आवश्यकता र महत्वमा पनि शंका गर्ने प्रसस्त स्थानहरु देखिय । स्वास्थ्यको मापदण्ड लागू गर्ने हैसियत विश्व स्वास्थ्य संगठनले गुमाउदै गएको पनि देखिन्छ । कहिले कोभिड– १९ वा कोरोना भाईरस विरुद्ध यो खोपले सहयोग गर्छ भन्छ, राज्यले परिक्षण पछि निमार्ण गरेका मानव हितका सुई हुदैन भन्छ आफू पनि परिक्षण गरेर कोभिड– १९ वा कोरोना भाईरस विरुद्ध भ्याक्सीन निर्माण गर्न सक्दैन ।
अरु राज्यलाई लाई पनि भ्याक्सीन निर्माण गर्न दिदैन । हामीले प्रमाणित गरेर भ्याक्सीनको अनुमति दिनु पर्छ भन्छ । अड्को थापी रहन्छ । यस संगठनले विश्व मानवमा उकुसमुकुस वनाउने र निराशावादी मुकुट भन्दा सफलता तिर ध्यान दिन सकेन । यस्ता मानवघाती भाइरस जुन ठाँउमा र देशमा देखिएको हो त्यही ठाउँ र देशमा सिल गरेर नियन्त्रण गर्नु पर्नेमा विश्वभरि भाईरसको व्यापार भएपछि आएका यस्ता कुतर्क र कमाउधन्दाका एजेन्टको वरिपरि देखिनुले विश्व स्वास्थ्य संगठन प्रति विश्वास घटीरहेको छ ।
विश्वनै प्रभावित हुने यस भाईरसले करोडको संख्यामा संक्रमीत, लाखौको संख्यामा मानवको ज्यान लिई सकेको छ । विश्वको आकास, जमीन र जलमा समेत कोरोनाले कर्फु लगाएको छ । विश्वको स्वाथ्य, शिक्षा, व्यापार, वित्त सवैलाई प्रभावित वनाई रहेको छ । विश्व मानवका सोच र विचार अनि कल्पनामा समेत फरक दृष्टि जगाएको छ ।
यस्तो विषम अवस्थामा कोभिड– १९ वा कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि अधिल्लो लाईनमा रहेर कार्य गर्ने स्वाथ्यकर्मी, सुरक्षाकर्मी , संचारकर्मी, प्रशासनकर्मी, स्थानिय निकायका पदाधिकारी, विभिन्न संघसंस्थाका सदस्यहरु खटेर खतरा मोल्दै कार्य गरि रहेका छन् । राज्यमा दुख तथा दैवी प्रकोप परेको वेलामा मात्रै नभएर सुुखका दिनमा पनि राज्यका नागरिकका लागि यस्ता निकाय र व्यक्तिहरुको आवश्यकता र महत्व सदैव रहन्छ ।
यसै भित्र पनि कोही कुशासक वा कालाखेती गर्नेहरु हुन सक्छन् वा थिए होलान् र जनताको आशा र भरोसामा कमी आएको पनि होला र जनताको आखाँमा स्वाथ्यकर्मीले स्वाथ्यको नाममा व्यापार गरेको, प्रशासन जनताको हित भन्दा पनि माथिको आदेशले चलेको, शिक्षाकर्मीहरुले शिक्षामा व्यापार गरेको, संचारकर्मीहरुले निश्पक्ष संचार दिन नसकेको, स्थानिय प्रतिनिधिहरुले नागरिकको भन्दा पनि पार्टी र आफ्नो हितमा काम गरेको, समाजमा स्वतन्त्र नागरिकमा कमी भएको जस्ता जनगुनासो सुनिय पनि आजको कोभिड– १९ वा कोरोना भाईरसको अवस्था पुरानो सोचेर व्यवहार गर्ने वेला होईन ।
स्वाथ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी, प्रशासनकर्मी, स्थानिय निकायका पदाधिकारी, विभिन्न संघसंस्थाका सदस्यहरु जुटेर कोभिड– १९ वा कोरोना भाईरसको विरुद्ध जनताको जीवन रक्षाको लागि काम गरि रहेका छन् । स्वाथ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी, प्रशासनकर्मी समेत विरामीका देवताको रुपमा प्रत्यक्ष फिल्डमा खटि रहेका छन् र कोरोना वाट प्रभावित पनि भई रहेका छन् ।कोभिड– १९ वा कोरोना भाईरसको समस्या हामी सवैको साझा र खतरा समस्या हो । हामी सवै नागरिकले कोभिड– १९ वा कोरोना भाईरसलाई जित्न आवश्यक छ ।
हामीले कसैलाई दोष लगाएर, कोरोना लागेमा हेला गरेर, सामाजिक वहिस्कार गरेर, लुकी छिपी नीति नियम मिचेर वा होसियारी नवनेर, घरमा व्यानर टास्न गएर वा लगाएर, घरमा वस्न नदिएर, टोल छिमेकमा वसेकोमा हेला गरेर, घृणा गरेर र गर्न सिकाएर, आत्मविश्वास कमजोर पारेर वा पार्न लगायर, घर समाजमा लखरलखर घुमेर, आफूले अरुलाई अपमान गर्ने अनि अरुवाट सम्मान खोजेर, अरुको वेईजेत गरी आफ्नो मात्र ईज्जत खोजेर, तिजका गितमा देखिएको जस्तो महिलाले महिलालाई अपमान र हेला गरेर, छोरी, वुहारी अनि सासुको रोल भुलेर, महिलाको कारणवाट पुरुष माथि थिचोमिचो वनाएर, पुरुषले पुरुषलाई र महिलालाई मानोवोचित व्यवहार र सम्मान नगरेर, वृद्ध भएका सासु ससुरालई वैंस र वलको मातले वृद्धाश्रम पुराएर, पद हुनेले पदको दुरुपयोग गरि मानव माथि दानविय व्यवहार गरेर, कानून हुनेले कानून हातमा लिएर, सत्ता हुनेले कुशासन गरेर, विपक्षीले विरोध गरेर, प्रजातन्त्र सिमित घेरामा घुमाएर, राहात आहात सवैमा पक्षपात गरेर, हुदा खाने र हुनेखाने वर्गको परिभाषा, पहिचान, हेराई खुवाई सवै–सवैमा स्थार्थगत रुपमा आचरण व्यवहार गर्नु पनि मानवले मानवको सम्मान गर्नु होईन ।
अपमान गर्नु हो । मानवताको मानविय व्यवहार नगरी दावनताको दानविय व्यवहार गर्नु हो । हामी मानवको मानव व्यवहारमा रिस, ईश्या, डाहा, स्वार्थ, घमण्ड जस्ता दानविय व्यवहारले स्थान पाउन, पाउन खोज्नु पनि मानवमा नैतिक शिक्षाको कमी हुनु हो । कोभिड– १९ वा कोरोना भाईरस लागेपनि मानविय व्यवहारमा आत्मवल पाएमा १० दिनमै निको हुन सक्छ र तर दानविय व्यवहार र घोचपेच कहिल्यै निको नहुन सक्छ । ख्याल गर्न जरुली छ ।
तसर्थ मानवले कम्तिमा पनि मावनलाई ईज्जत र सम्मान गर्दा राज्यको कानूनको वर्खिलाप हुदैन र मानवताको मानवधर्मको पनि संरक्षण हुन्छ । चेतना भया ।
(लेखक हरि मैनाली अधिवक्ता तथा नोटरी पव्लिक आधिकारिक अनुवादक हुनुहुन्छ )





















