२०७८ सालको पितृ पक्ष आजबाट सुरु भएको छ। श्रद्दा गर्ने भएको हुनाले श्राद्द भनिएको हो। पितृदेवहरुलाइ सम्झने जल पिंण्ड तर्पन गर्ने शुद्ध भोर्जन गर्ने पथ परेजमा रहने जस्ता मानसिक शुद्धिकरणका कार्य पितृपक्षमा गरिन्छ।
हिन्दु धर्म र परम्परा अनुसार अब यो पक्षमा देवलोक बाट पितृहरु मनुष्यलोकमा आइ आफ्ना सन्ततिले दिएका जल अन्न आदि ग्रहण गरि संतुष्ट प्राप्त गर्दछन भन्ने भनाइ विभिन्न धर्म ग्रन्थमा उल्लेख भएको पाइन्छ। हाम्रो धर्म शास्त्रको मान्येता अनुसार देबताले दिए पनि पितृले हर्दछन भन्ने भनाइ छ।त्यसकारण गृहस्थ जीवनमा श्राद्द गर्नु अनिबार्य कार्यमा पर्दछ।
तिथिमा गर्ने श्राद्दलाइ एकोदिस्ट र पर्बमा पर्ने हुनाले सोर्ह श्राद्द्लाइ पार्बन श्राद्द भनेर भनिन्छ। यो समयमा पन्द्रदिन चोखो निदो खाने सात्विक भोर्जन गर्ने आदि हिन्दु परम्परा अनुसार पितृ सम्झने पित्री खुशी पार्ने कार्य गरिन्छ। अतिथी देवो भव,मात्री देवो भव,पितृ देवो भव भन्ने हाम्रो शास्तृय मान्यता अनुसार पितृदेवहरु प्रति आस्थाका साथमा अन्न दान ,जल दान ,पिंण्ड दान र बस्त्र दान गर्ने गरिन्छ।
देव तर्पन,ऋषि तर्पन,मनुष्य तर्पन र पित्री पुर्खालाई तर्पन्पानी दिएर कर्ता सुद्दी मौन वचन उच्च श्रद्धा पर्कट गरी पितृको आब्हान, पुजन , बिशर्जन गरि ब्राह्मण भोर्जन दान दक्षिणा र अथिती सत्कार गरिन्छ। जसरी
हामी चाडबाड आउँदा मिठो खान लाउन पाइने भो भनी रमाउछौ खुशी हुन्छौं ठिक त्यस्तै पितृहरु पनि खुशी हुने हुनाले यो श्राद्द्लाइ पार्वण श्राद्द भनेर भनिन्छ।
तर आज्कल थोरै ब्यस्तता ,आधुनिकताले र कोरोना महामारी ले गर्दा मानिसहरु गृहस्थ जीवनमा हुँदा हुँदै पनि श्राद्द गर्ने परिपाटीमा थोरै कमीको महसुस भएको हो कि
भन्ने भान कता कता देखिन्छ। चोखोनिदो खानु पर्ने घर बाहिर
को कामको बेस्तताले गर्दा पनि येस्तो भएको हुन सक्दछ।
।।जय पितृदेव।।
लेखक पण्डित भगु कोइराला
कुन्छा १ लम्जुङ्ग






















