काठमाडौं / विश्वमा धेरै अनौठो घटनाहरु घटिरहेको हुन्छ , जुन हामिलाई पत्याउन पनि मुस्कील पर्छ । हामि मन्दिरमा पुजा गर्न गएकै होलौ । मन्दिरमा पुजा हुँदा पुजारीले हामिलाई प्रसादको रुपमा फुलपाती, अक्षता र फलफुल दिने गर्छन् । तर तपाईलाई पत्यार नलाग्ला , यस्तो मन्दिर पनि छ जहाँ प्रसादको रुपमा फलफुल होइन सुन चाँदी दिने गरिन्छ ।
सुन चाँदीका गहना वितरण गरिने त्यो अनौठो मन्दिर भारतमा रहेको छ । योे अनौठो मन्दिर भारतको मध्यप्रदेशस्थित रतलाममा रहेको छ । यहाँको उक्त मन्दिरलाई महालक्ष्मीको मन्दिर भन्ने गरिन्छ । यस मन्दिरमा बर्षको केहि दिन कुबेरको दरबार लाग्ने गर्छ ।
उक्त समय त्यहाँका भक्तजनलाई सुनचाँदी र नगद दिने चलन रहेको छ । बर्षभरी आउने भक्तजनले मन्दिरमा सुनचाँदी तथा भेटी चढाएका हुन्छन् । त्यस्तै विभिन्न पर्वमा पनि उक्त मन्दिरमा गरगहना चढाउने गर्छन् । यसरी चढाएका गरगहना कुबेर दरबारको पर्व लागेको बेला बाड्ने गरिन्छ ।




















