काठमाडौं / नेकपाको नाम सम्बन्धी विवादमा सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्र र नेकपा एमाले ब्युुताईदिएपछि सो नाम दर्ता गरेकाहरुले अब नयाँ नाम राख्नुपर्ने भएको छ।
दुई पार्टी एकता भई नेकपा नाम कायम हुँदा नेकपा एमाले सन्ध्या तिवारीले आयोगमा दर्ता गरेकी थिइन् भने नेकपा माओवादी केन्द्र गोपाल किराँतीले दर्ता गरेका थिए।
आयोगले दुवैदललाई अब नयाँ नाम खोज्न भनेको छ। गोपाल किराँतीले नामका सम्बन्धमा छलफल गर्न आइतबार आयोग पुगेका थिए।
तिवारी आज आयोग कार्यलय पुगेर नाम परिवर्तन गर्न आयोगमा निवेदन दिएकी छन्।

आइतबार बसेको केन्द्रीय कमिटी बैठकले जनताको जनवाद पार्टी (जजपा)नेपाल राख्ने निर्णय गरेको र सोही अनुसार नाम परिवर्तन गरिदिन आयोगमा दिएको निवेदनमा उल्लेख छ।
सो पार्टीको चुनाव चिन्ह भने यसअघि दिइएकै पहाडबाट उदाउँदो सूर्य रहेको छ। अध्यक्ष तिवारी गत शनिबार एमालेको अखिल नेपाल महिला संघको राष्ट्रिय भेलामा पनि सहभागी भएकी थिइन्।





















