काठमाडौं / आइतबार पेरिसडाँडामा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सकिएको छ। बैठक पुनः सोमबार बस्ने गरी सकिएको हो।
आजको बैठकमा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीति र भावी रणनीतिबारे ब्रिफिङ्ग गरेका थिए। यस्तै बैठकमा प्रदेशगत रिपोर्टिङ्गहरु पनि भएका थिए। प्रदेश नं. १ बाट सावित्री भुसाल, २ बाट विश्वनाथ साह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णालीबाट माया शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले रिपोर्टिङ्ग गरेका थिए।
रिपोर्टिङ्गका क्रममा कतिपय नेताहरुले पार्टी विभाजनपछि आफ्ना नेताहरु एमालेमा जाँदा आफ्नो पार्टीलाई घाटा भएको सुनाएका थिए। उनीहरुले बृहत् ध्रुवीकरण गरेर सबै माओवादीलाई समेट्नुपर्ने बताएका थिए।
आइतबार पार्टी कार्यालय पेरिसडाँडामा झन्डै ४ घन्टा बसेको बैठकमा विभिन्न प्रदेशका नेताहरूले आफ्नो प्रदेशको अवस्थाबारे रिपोर्टिङ गरेका थिए। प्रदेश १ बाट सावित्री भुषाल, २ बाट विश्वनाथ साह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णालीबाट माया शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले रिपोर्टिङ गरेका थिए।
उनीहरू एक भइसकेको पार्टी फेरि विभाजन भएपछि पूर्वमाओवादी केन्द्रका नेताहरू एमालेमा गएकाले आफ्नो पार्टीलाई घाटा भएको बताएका थिए। केहीले भने अझै पनि सम्भावना रहेको र वृहत ध्रुवीकरण गरेर सबै माओवादीलाई समेटेर जानु पर्ने बताएका थिए।
बैठकमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एकतालाई खारेज गर्ने सर्वोच्च अदालतको फैसला समस्या भएको बताएका थिए। अदालतले अनावश्यक ठाउँमा हात हालेको पनि प्रचण्डको भनाइ थियो। नेता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओलीलाई सरकारबाट बहिर्गमन गर्नु अनिवार्य भएको बताए। आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे भने निर्णय गरेको छैन।
बैठक भोलि बिहान ११ बजे फेरि पेरिसडाँडामा बस्नेछ।





















