काठमाडौं / नेकपा विप्लव समूहले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएको छ ।नेत्रविक्रम चन्द विप्लव समूह वार्तामा आउन सकारात्मक रहेको त्यसका महासचिवले जनाएका छन्।
शनिबार विज्ञप्ति जारी गर्दै महासचिव विप्लव आफैं वार्ताका लागि सकारात्मक रहेको जनाएका हुन्।
उनले भनेका छन्, ‘यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको जानकारी गराउँदैछौं ।’






















