चितवन /चितवनको भरतपुर १२ मा रहेको मोहन माध्यमिक विद्यालयमा रहेका विद्यार्थीलाई प्रेसिडेन्सी कलेजका विद्यार्थीले स्वेटर वितरण गरेका छन्।
प्रेसिडेन्सि कलेजमा अध्ययनरत बिबिए र एमबीए तहका विद्यार्थीहरुले मोहन माध्यमिकका ९४ जना विद्यार्थीलाई स्वेटर वितरण गरेका हुन् । मोहन विद्यालयमा गरिव र विपन्न समुदायका विद्यार्थी धेरै आउने हुँदा सो विद्यालयमा स्वेटर वितरण गरिएको प्रेसिडेन्सि विद्यार्थी काउन्सिलका अध्यक्ष छितिज भट्टराईले बताए ।
उनका अनुसार प्रेसिडेन्सि कलेजमा रहेका विद्यार्थी र शिक्षकको संयुक्त पहलमा यो सहयोग वितरण गरिएको हो । प्रेसिडेन्सि कलेजमा अध्यानरत विद्यार्थीको सामाजिक सेवा गर्ने ‘प्रयास क्लव’ र प्रेसिडेन्सि विद्यार्थी काउसिलले हरेक बर्ष जाडोमा स्वेटर वितरण कार्यक्रम गर्दै आएको छ ।![]()





















