बिचरा नेपाली आफ्नै देशमा लुटिदा
मौन थियो नियम र कानुन
चुपचाप थिए सत्ताका बकुल्लाहरु
छताछुल्ल छरिएको शहिदको रगतका
आला टाटाहरुले
जिस्काई रहेको बेला अशिम पिडा बोकेर
छटपटाई रहेको बेला
जुनकिरिको धिप्प धिप्प उज्यालो बाल्दै
दुस्मनको प्रवेशले खोस्न थाल्यो मेरो देश
कठै ! कति लाचार छ मेरो देश
रातारात सडक सिंगारियो बेहुलि झै
गरिबको पेटलाई लत्याएर
खन्याईयो नभएको राजस्व पनि
बिरालोले म्याउँम्याँ गर्दै खुशि खोस्न आउदा
नजिकैका छिमेकि झ्याउकिरिहरु
सुस्तसुस्त चियाउदै गर्दा
नेपालले कर्कलाको रुखबाट लडेझै
सुम्पिन्छ स्वाभिमान र रित्तो भन्डार
आखिर यति गर्नु नै थियो त
किन नेपाल भनेर चिनाउछ
आखिर सगरमाथा भनेर डेक्चि कुच्याए झै
बनाऊँछ देश त किन बुद्वको देश भनेर चिनाउछ
लगौटि बिनाको धोति लगाएर मेक अप गर्नु नै थियो त
आखिर किन
स्वाभिमानि गोर्खाली भनेर चिनाउँछ
कति लाचार छ मेरो देश
कठै ! मेरो देश
पेटमा मुसो लखड्याम बनाएर
छिमेकिको जुत्ताको धुलो पुस्दै स्वागत गर्छ मेरो देश
उडेका चराहरुलाई हिलो छ्याप्नने सडकहरु पनि
चिल्ला र उज्याला बनाउछ
आफ्नो पोल्टाको थैलो भर्नलाई
जनताको रगतले स्वागत गर्छ
बिचरा मेरो देश
कठै ! मेरो देश
गंगटोले भेटेर छाला कोपरे झैंउधिन्छन ति कुर्शिका साडे भनाउदाहरु
विदेशिको जुठो हड्डि भित्रका छालाहरु कोपर्दै
अनि भन्छ बिचरा मेरो देश
कति लाचार छ मेरो देश
कठै ! मेरो देश
(लेखक सङगितकार सुनिल धिताल )





















