काठमाडौं / राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) तनहुँमा कार्यरत सव इन्जिनियर घुससहित पक्राउ परेका छन् ।
भानु नगरपालिका कार्यक्षेत्र भइ जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्ष)मा कार्यरत सव इन्जिनियर सुरेन्द्र अधिकारी १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । पूर्व सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयबाट खटिएको टोलीले अधिकारीलाई पक्राउ गरेको हो ।
अधिकारीले आफ्नो कार्यक्षेत्र भित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत घुस रकम माग गरेका थिए । घुससहित पक्राउ परेका सवइन्जिनियर अधिकारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।





















