चितवन / लायन्स क्लब अफ भरतपुर इन्द्रेणीको रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् ।
भरतपुर–२१ का लायन नारायण गिरीका बुबा विष्णु गिरीको १३ औं दिनको पूण्यतिथि पारेर रक्तदान कार्यक्रम गरिएको थियो । पार्वतीपूर पहारिलोटारमा भएको कार्यक्रममा बागमती प्रदेशका सांसद रामलाल महतो, लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक्टि ३२५ बीटुका भाइस डिष्ट्रिक्टि गर्भनर रामप्रसाद भट्ट, ३२५ बीटुका एरिया ३ चिफ प्रभाकर पण्डीत, जिल्ला रेडक्रस सोसाइटी चितवनका उपसभापति विदुर केसी, भरतपुर–२१ का वडाध्यक्ष चित्रसेन अधिकारी, जोन चियर पर्सन मेघराज कँडेलको सहभागिता रहेको थियो ।
कार्यक्रम संयोजक शिला परियारले सामाजिक अभियान सदैव प्रतिवद्ध रहेको बताउनुभयो ।यसैबीच क्लबका संस्थापक अध्यक्ष द्रोणबाबु शिवाकोटीको जन्मदिनको अवसर पारेर मानवसेवा आश्रममा आश्रित जेष्ठ नागरिकलाई भोजन खुवाउने कार्यक्रम भएको छ । सडकमा वेवारिशे अवस्थामा कष्टकर जीवन विताउँदै आएका बुबा–आमालाई आश्रमले हेरचाह गर्दै आएको छ ।





















