तनहुँ / बेनीबाट भैरहवातर्फ जाँदै गरेको बस तनहुँको आबुखैरेनीमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।
बिहीबार दिउँसो १ बजेतिर लु २ ख ८८३ नम्बरको बस आबुखैरेनी गाउँपालिका – ३ खहरेस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको तनहुँका प्रवक्ता प्रहरी निरीक्षक सविता केसीले जानकारी दिइन् । प्रहरीका अनुसार बस पुलबाट अन्दाजी ५ सय मिटर तल खसेको छ ।
दुर्घटना हुँदा विपरीत दिशातर्फ जाँदै गरेको ना ३२ प ५२५४ नम्बरको स्कुटरलाई बसको पछाडिको भागले ठक्कर दिएको र प्रहरीका अनुसार स्कुटरमा सवार एक बच्चासहित तीन जना घाइते भएका छन्।
बसमा १७ जना सवार थिए। त्यसमध्ये बसमा सवार १४ जना र स्कुटरमा सवार तीन जना गरी कुल १७ जना घाइते भएका छन्। घाइतेहरूको आबुखैरेनीको हाडजोर्नी अस्पतालमा उपचार भइरहेको छ।
फाइल फोटो





















