एजेन्सी /भारतको उत्तर प्रदेशको कानपुरमा बाख्राले पाठा जन्मउनु पर्नेमा जब बाँदर जस्तो स्वरुपमा बच्चा जन्मायो तब त्याहाँका मानिसहरु दंग परे । उनीहरले हनुमानको स्वरुपमा साक्षात हनुमानले आफ्नो गाउँमा जन्म लिएको भन्दै पूजाआजा गर्न थाले ।
उनीहरुले हनुमान जीले आफुहरुलाई दर्शन दिएको भन्दै उक्त खबरलाई चारैतिर फैलाउन थाले । जन्मिएको केही समयमै उक्त बाँदर स्वरुपको बच्चा मरिसकेको थियो । उक्त बाँदरको स्वरुपको बच्चा मरिसकेपछि पनि त्याहाँका मानिसहरुले हनुमानको रुपमा त्यस मरिसकेको मेमनेलाई पूजा गरिरहेका थिए । उक्त मरिसकेको मेमनेको बच्चालाई चमत्कारको रुपमा मानिसहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।
हनुमानको दर्शन गर्नु पर्छ भन्दै उपस्थित सबैले हात जोडेर उक्त मरिसकेको मेमनेको बच्चालाई ढोगदै पैसाहरु चढाएका थिए । यो कुरा त्यो गाउँमा मात्र नभई पुरै कानपुर हुँदै अहिले सोशल मिडियामा समेत भाइरल बनिरहेको छ । त्याहाँका मानिसहरुले कलियुगमा हुनमानको जन्म भएको भन्दै मरिसकेको मेमनेको दर्शन अहिले पनि गरिरहेका छन् ।




















