गोरखा / मालपोत कार्यालय गोरखामा कार्यरत कर्मचारीमा मंगलवार कोरोना संक्रमण पुष्टि भए सँगै बुधवा रदेखि कार्यालयको सेवा बन्द गरिएको छ ।
नियमित कार्यालय आइरहेका एक जना महिला कर्मचारीमा कोरोना पुष्टि भएको हो ।
‘बुधवार देखि हामीले सेवा बन्द गर्ने निर्णय गरेका छौँ’ मालपोत कार्यालयका प्रमुख देबेन्द्र थापाले भने ‘अन्य कर्मचारीसँग सम्पर्क रहेको र सबैको पिसिआर गर्नुपर्ने भएकाले सेवा बन्द गर्नुपरेको हो ।’
पिसिआर रिपोर्ट आएपछि मात्रै सेवा सुरु हुने उनले बताए । मालपोत कार्यालयमा सेवाग्राहीको समेत भिड हुने हुँदा सर्वसाधारणलाई कोरोनाको जोखिमबाट जोगाउन पनि सेवा बन्द गर्नुपरेको कार्यालयले जनाएको छ ।





















