वीरगञ्ज / गत हप्ता पर्साको कालिमाई गाउँपालिका–४ स्थित मंगोल नदीमा मृत अवस्थामा फेला परेकी महिलाको हत्यामा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका–३ का सैफुल खान पठान छन् ।कालिकामाई गाउँपालिका–४ की रेहाना भन्ने मैरुन नेसाको मंगोल नदीमा शव फेला परेको थियो ।
हत्या पछि मैरुनको शव फालिएको आशंकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।अनुसन्धानका क्रममण मैरुनका प्रेमीले नै उनको हत्या गरेको देखिएको प्रहरीको भनाइ छ ।
हत्यामा संलग्न पठानलाई प्रहरीले हेटौंडाबाट पक्राउ गरेको हो । भारतको उत्तर प्रदेश राज्यअन्तर्गत रामकोला ग्राम सुरजपट्टी माइत घर भएकी मैरुन कालिकामाइ–४ मा बस्दै आएकी थिइन् ।
प्रहरीका अनुसार मैरुनले आफ्ना पतिसँग सम्बन्ध विच्छेत गरेर पठानको श्रीमती (प्रेमी)का रुपमा उनको घरमै बस्दै आएकी थिइन् । जिल्ला प्रहरी पर्साका डीएसपी मनोजित कुँवरका अनुसार ठाउँका अन्य पुरुषसँग पनि मरुनको ‘अनैतिक’ सम्बन्ध रहेको थाहा पाएपछि पठानले उनको हत्या गरी शव नदीमा फालेका थिए ।
प्रहरीसँगको बयानका क्रममा पठानले मैरुनलाई फकाएर नदीको किनारमा लगेको र एउटा खेल खेलौं भन्दै पहिलो हात–खुट्टा कपडाले बाँधेर घाँटीमा पासो लगाइ हत्या गरी शव नदीमा फालेको बताएका छन् ।





















