काठमाडौं / पालुङ्गटार नगरपालिका वडा न . ३ ( साविक आँपपिपल – ३ पन्डीत गाउँ ) गोरखा स्थाई घर भएका हाल काठमाण्डौ निवासी नेपाल इन्जिनियर्स एशोसिएसनका पुर्व अध्यक्ष तथा प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (CTEVT ) का पुर्व उपाध्यक्ष सरोज देवकोटाको कोरोना संक्रमणबाट निधन भएको छ।
देवकोटाको आज विहान वसुन्धरा स्थित विपी स्मृती अस्पतालमा ७२ वर्षको उमेरमा निधन भएको अस्पतालका अध्यक्ष डाक्टर केदार नरसिंह केसीले जनाकारी दिए। हिजो कोरोना पुष्टि भएका देवकोटाको आज विहान ६ बजेर ३० मिनेटमा निधन भएको केसीको भनाइ छ।
गोरखा निवासी दुर्गाभक्त देवकोटाको छोरा सरल स्वभाव भएका सबै गोरखाबासीको भलो चाहने सबैलाई सहयोग गर्नै सरोज देवकोटाका दुई छोरा र श्रीमती छन्।
देवकोटको मृत्युले सम्पूर्ण देवकोटा लगायत गोरखालीले एउटा अभिभावक गुमाएको छ ।





















