चितवन / बलत्कारीलाई फाँसी वा आजिवन काराबासको माग गर्दै चितवनबाट प्रधानमन्त्री केपी शर्मा ओलिलाई ज्ञापनपत्र बुझाईएको छ ।
पूर्व सभासद एवं नेपाल दलित सङघकी केन्द्रीय उपाध्यक्ष बिष्णु माया परियार र नेपाली काङग्रेस भरतपुर महानगरपालिका वडा नं. १९ का सभापति आसमान लामाले बुधबार चितवनका प्रजिअ नारायण प्रसाद भट्टराई मार्फत प्रधानमन्त्री ओलिलाइ ज्ञापनपत्र बुझाईएका हो ।
ज्ञापनपत्रमा भनिएको छ– “समाजलाई नै भए भीत तुल्याउने तरिकाले बलत्कारको घटना बढिरहेको बेला सरकार पद बाँडफाँड र भष्टचारमा लिप्त भएको छ । बलत्कार जस्तो जघन्य अपराधलाई हाम्रो समाज,प्रहरी र न्यायलयले गम्भीर रुपमा लिनुपर्छ । ”
बिज्ञप्ति मार्फत बझाङमा सम्झना बिक माथि भएको जस्ता घटना कम गर्नको लागि बलत्कारीलाई फाँसी वा आजिवन कारावासको माग गरिएको छ ।





















