जाजरकोट / जुनिचाँदे गाउँपालिका १ ओलभीरमा भे. १ ज ९३५ नम्वरको जिप आज दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
मृत्यु हुँनेमा वडा नं ११ का वडाध्यक्ष अमरबहादुर शाही, कृती शाही, ख्यामबहादुर शाही , वडा ५ की मालिका बस्नेत, कृष्णबहादुर शाहीको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीले जानकारी दिए।
त्यस्तै दुईजना पानीमा वेपता भएको उनले जानकारी दिए। जुनिचाँदे गाउँपालिकाको कार्यपालिकाको वैठकका लागि सदरमुकाम खलंगाबाट पराले जाँदै गरेको जिप दुर्घटना परेको हो।
जिपमा सवार जुनिचाँदे ११ का नरबहादुर बुढा घाइते भएका छन्। जिप खोलामा परेको छ।





















