काठमाण्डौं / सरकारले डा. गोविन्द केसीलाई गोरखाका नन्द प्रसाद अधिकारी बनाउन खोजेको राम चन्द्र पौडेलको आरोप छ । विगत २२ दिन देखि अनसनरत रहेका डा.गोविन्द केसी पछिल्लो समय बोल्नै नसक्ने अवस्थामा पुगेका छन्।
उनको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त भइरहेका छन्। तर, सरकारले भने डा.केसीको माग सुनुवाईका लागि कुनै पहल गरेको छैन।
यसैबीच, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले डा. गोविन्द केसीलाई गोरखाका नन्दप्रसाद अधिकारी जस्तै बनाउन खोजेको आरोप लगाएका छन्। सामाजिक सञ्जाल ट्विटरमा एक ट्वीट गर्दै नेता पौडेलले लेखेका छन्, ‘म फेरि सोध्छु, कम्युनिष्ट सरकारसँग के डा. गोविन्द केसीले पनि गोरखाका नन्द प्रसादअधिकारी कै नियति भोग्नु पर्ने हो?’
पौडेलले सत्याग्रहीलाई एकपछि अर्को गर्दै मार्दै जानेहरुलाई जनताले के सजाय दिने हो? भनि प्रश्न पनि गरेका छन्।





















