चितवन / चितवनका युवा व्यवसायी कञ्चन कुमार अग्रवालले साथी मार्टको फे्रन्चाइज सञ्चालनमा ल्याएका छन् ।
अग्रवालले नारायणगढको शहीदचोकमा साथी मार्टको फ्रेन्चाइजको रुपमा हजुरको स्मार्ट शप प्रा.लि सञ्चालनमा ल्याएका हुन् । उक्त हजुरको स्मार्ट शप प्रालिको शनिबार उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ सहितका व्यक्तिले उद्घाटन गरेका हुन् ।
मोबाइल एप्सबाटै घरमा बसेर सामान खरिद गर्न सकिने भन्दै सञ्चालक अग्रवालले भान्छामा प्रयोग हुने सामग्रीसहित दैनिक उपभोग्य वस्तुहरु बिक्रीका लागि राखिएको बताए । हजुरको स्मार्ट शपले स्थानीय उत्पादनहरुलाई प्राथमिकता दिने भन्दै साना व्यवसायीहरुलाई लक्षित गरेर आधुनिक सपिङ सेन्टर सञ्चालनमा ल्याइएको अग्रवालले बताए ।
हजुरको स्मार्ट शप सञ्चालनको अवसरमा १० दिनसम्म छुटको व्यवस्था गरिएको समेत अग्रवालले जानकारी दिए । ग्राण्ड ओपनिङ अफर अन्तर्गत हरेक सामानको बिक्री मूल्यमा पाँच प्रतिशत छुट दिइने अग्रवालको भनाइ छ ।
स्मार्ट शप सञ्चालनका लागि करिब ५० लाख रूपैयाँ लगानी भएको अग्रवालले बताए । हजुरको स्मार्ट शप प्रालिको उद्घाटन गर्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले कोभिड १९ का कारण विश्व अर्थतन्त्र नै प्रभावित भएको बेला क्षेत्रमै नयाँ लगानी थपिनु सकारात्मक भएको बताए ।
लकडाउनका कारण व्यवसायीहरुलाई ठूलो नोक्सानी परेको श्रेष्ठको भनाइ छ । कोरोनाबाट धराशायी भएको व्यवसायलाई चुनौतीलाई सबै मिलेर सफलतापूर्वक अवतरण गर्नुपर्ने श्रेष्ठले बताए ।






















