काठमाडाै / पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप १९सय ११ जना नयाँ संक्रमितमा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहिबार सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ७९ हजार ७२८ पुगेको छ।
यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ४३ जना नयाँ संक्रमित थपिएका छन्। मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा मात्रै ८१७ जना कोरोना संक्रमित थपिएका छन्। यस्तै ललितपुर जिल्लामा ६८ जना संक्रमित थपिँद उपत्यकाको अर्को जिल्ला भक्तपुरमा ५८ जना नयाँ संक्रमित भेटिएका छन्।
त्यस्तै यस अवधिमा ९६१ जना कोरोनाबाट निको भएका छन्। यी सहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ८३० रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यी सहित हालसम्म मृत्यु हुनेको संख्या ५०९ पुगेको छ।





















