काठमाडौं / नेपाल अभिभावक महासंघले माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि उठाइएको परीक्षा शुल्क फिर्ता गर्नुपर्ने माग राखेको छ।
कोभिड–१९ का कारण आन्तरिक मुल्यांकनबाटै परीक्षा भएपछि महासंघले शुल्क फिर्ता गर्न सरकारसँग माग राखेको हो। अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले शुल्क फिर्ता नगरी उल्टै प्रमाणपत्रको शुल्क लिएको भन्दै आपत्ति जनाए।
उनले भने,‘कोरोनाका कारण एसइईको परीक्षा भएन। परीक्षा नभएपछि त्यो शुल्क फिर्ता हुनुपर्छ भन्ने हाम्रो माग हो। परीक्षा शुल्क फिर्ता गर्नु साटो उल्टै एसइईको प्रमाणपत्रको लागि भन्दै विद्यार्थीसंग पैसा लिएको अभिभाव महासंघले आरोप लगाएको छ ।





















