गोरखा / आज देखि यातायात सम्बन्धित अधिकाशं प्रशासनीक काम गोरखाबाटै हुने भएको छ ।
गण्डकी प्रदेशको भैतिक पूर्वाधार बिकास मन्त्रालय अन्र्तगतको पूर्वाधार बिकास कार्यालय गोरखाबाट उक्त सेवा प्रदान गर्न लागेको कार्यालय प्रमुख दयाराम अधिकारीले बताए । भदौं १ बाट जिल्लामा स्थापना भएको उक्त कार्यालयले आज देखि यातायात सम्बन्धि सेवा सुरु गर्न लागेको हो ।
अब देखि बिलबुक नबिकरण, सबारी कर संकलन, रुट इजाजत पत्र नबिकरण, सवारी पास, अस्थायी रुट इजाजत लगायतका सेवा सञ्चालन गोरखाबाट हुनेछ । तत्कालका लागि लाईसेन्स नबिकरणको काम यहाँबाट नहुने बताइएको छ ।





















