चितवन / शनिबार भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरु २४ देखि ७९ बर्ष उमेरका रहेको प्रयोगशालाले जनाएको छ ।
परिक्षण गरिएका नमुनाहरुको स्वाब भरतपुर अस्पतालको स्वाब संकलन केन्द्रबाट संकलन गरिएको थियो ।
शनिबार रातीसम्म परिक्षण गरिएका ३१७ वटा नमूना मध्ये ३१० वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने ७ वटा नमुनाको पोजिटिभ आएको हो ।
प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका वडा नम्बर २, ८, ११ र २८ का २ पुरुष र २ महिला गरि ४ जना रहेका छन् ।
यस्तै सुर्खेतका १ महिला, रौतहटका १ महिला र धनुषाका १ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।





















