काठमाडौं / सरकारले निजी विद्यालयहरूलाई अनलाइन कक्षाको शुल्क लिन अनुमति दिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७’ जारी गरे सँगै निजी विद्यालयहरूले शुल्क पाउने बाटो खुलेको हो।
मन्त्रालयले जारी गरेको निर्देशिकाको शुल्क सम्बन्धी व्यवस्थामा भनिएको छ,‘विद्यालयले लिन पाउने शुल्क प्रचलित कानुनको अधीनमा रही स्थानीय तहले स्वीकृत गरेबमोजिम हुनेछ।’
यसअघि आफू खुशी निजी विद्यालयले शुल्क उठाउन थालेपछि शिक्षा मन्त्रालयले अनलाइन वा अन्य माध्यमको कुनै पनि शिक्षाको नाममा शुल्क नउठाउन निर्देशन दिएको थियो।





















