काठमाडौं / विनोद चौधरी कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन्।
१२ भदौमा कोरोना संक्रमण पुष्टि भएका चौधरी १० दिन सम्म होम आइसोलेसनमै बसेर निको भएका हुन्। उनले आफू १० दिन लामो एकान्तवासपछि कोरोना संक्रमणबाट मुक्त भएको जानकारी दिएका छन्। ‘१० दिनसम्मको एकान्तबासमा तपाईंहरुको माया र ऊर्जाले ठूलो हौसला दियो।
त्यही ऊर्जा कै कारण कोरोना संक्रमणबाट मुक्त भएको छु’, उनले भनेका छन्, ‘मैले जीवनमा तपाईंहरु जस्ता आफन्त, इष्ट मित्र, साथी भाइ र शुभेच्छुक कमाएको रहेछु। यस अर्थमा म आफूलाई अत्यन्तै भाग्यमानी महसुस गर्छु।’





















