काठमाडौं / देशभर २४ घण्टामा ११ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्याक डाक्टर जागेश्वर गौतमले यस बारेमा जानकारी हुन्।
उनले बुधबार भएको नियमित प्रेस व्रिफिङका क्रममा संक्रमितको दर बढ्दै गएको बताएका हुन्। गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ सय २० जना महिला र ८ सय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ८८ कोरोना संक्रमित थपिएका छन्। आज काठमाडौंमा ३ सय ५० , भक्तपुरमा ९ र ललितपुरमा २९ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा बताइएको छ।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्व गाैतमले दिएकाे जानकारी अनुसार आज देशभर ११ सय २० संक्रमित थपिएका छन्। छन्। साथै पछिल्लो २४ घण्टामै १ हजार १ सय १२ जना डिस्चार्ज भएका छन्। मंगलबार उपत्यकामा ४ सय ८१ संक्रमित थपिएका थिए।
त्यसैगरी सोमबार उपत्यकामा २ सय ९८ जनामा कोरोना भेटिएको थियो। आज देशभर १८ हजार १ सय ८ जना संक्रिय संक्रमित रहेका पनि गाैतमले बताए।





















