चितवन / चितवनमा पछिल्लो समय दिन प्रतिदिन कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दो छ ।
मंगलबार साँझ सम्मको तथ्यांक अनुसार चितवनका कुल संक्रमितको संख्या ७५५ पुगेको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले कुल संक्रमितको संख्या ७५५ पुगेको जानकारी दिए । हालसम्म चितवनमा १५ हजार ५६९ स्वाब परीक्षण गरिएको छ । हाल चितवनमा सक्रिय संक्रमितको संख्या भने ५९२ जना रहेका छन् ।
यस्तै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको भरतपुर अस्पतालले जनाएको छ ।





















