काठमाडौं / देशभर बिहीबार १ हजार १ सय ११ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्गर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट संक्रमित डिस्चार्ज पनि भएका छन्।
आज काठमाडौंमा २ सय ७० भक्तपुरमा ४१ ललितपुरमा ६६ संक्रमित थपिएका छन्।काठमाडौं उपत्यकाको तीन जिल्लामा अहिले सम्मकै उच्च ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यस्तै आज ५ सय ६९ ले काेराेना जितेर डिस्चार्ज भएका छन्। आजकाे पिसिआर १२ हजार ६ सय २९ जनाकाे पिसिआर गरिएकाे उनले बताए।
२४ घण्टा महिला ५ जना र पुरुष ३ जना गरि ८ जनाको मृत्यु भएको छ ।





















