चितवन / चितवनमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशाला र चितवन मेडिकल कलेजमा भएका कोरोना परिक्षणमा भर्खर भात खुवाइ गरिएका माडीका पाँच महिने बालक र चितवनका ४५ सहित ५२ जनामा संक्रमण पुष्टि भएको हो । चितवनमा बुधबार राति संक्रमण देखिएका मध्ये १४ जना रत्ननगर नगरपालिकाका छन् । माडी नगरपालिकाका नौ जनामा र भरतपुर महानगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ । बाँकी एक जना तनहुँ, देवाघाट गाउँपालिकाको रहेको अस्पतालले जनाएको छ ।
सीएमसीमा हिजो राति १ सय ५५ वटा नमुनाको परीक्षण प्रतिवेदन आएको थियो जसमा २६ जनामा संक्रमण भेटिएको अस्पतालले जनाएको छ ।
ती मध्ये नवलपुरका तीन जना, सर्लाहीका दुई र तनहुँका एक गरी ६ जना संक्रमित बाहेक बाँकी २० जना चितवनकै हुन् । चितवनका २० जनामा रत्ननगरका चार जना बाहेक १६ जना भरतपुर महानगरपालिकाका छन् ।
माडी नगरपालिकाका भर्खर पास्नी गरिएका एक जना ५ महिने बालक र उनको परिवारका दुई जना सदस्यमा पनि संक्रमण देखिएको छ





















