रौतहट / १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रौतहटका एक युवक पक्राउ परेका छन् । रौतहट कटहरिया नगरपालिका वडा नं. २ बिर्ती बस्ने २६ वर्षीय प्रमोद साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उपचार गर्न आएकी किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बाराको निजगढ नगरपालिका ११ रतनपुर हनुमानचोकमा रहेको सामुदायिक हेल्थ क्लिनिकमा पेट सम्बन्धि उपचार गराउन गएकी ती किशोरीलाई क्लिनिकको स्वास्थ्य सहायक (एचए) साहले उपचार गर्ने क्रममा जबरजस्ती करणी गरेको खुलेको छ । घटनापछि अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
यस बिषयमा आवश्यक अनुसन्धान भै रहेको प्रहरीले जानकारी दिएको छ ।





















