उदयपुर / शनिबार बेलुकादेखि ओखलढुंगा लगायतका ४ जिल्लामा विद्युत अवरुद्ध भएको छ। उदयपुर ,ओखलढुंगा, खोटाङ तथा सोलुखुम्वुका केही भागमा बिजुली छैन। बुइपा जलजले खण्डको ३३ केभी प्रसारण लाइनमा अवरोध आएको हो।
विद्युत् कहाँ अवरोध भएको छ भन्ने आज सोमबार बिहान सम्म पत्ता लागेको छैन। अवरोध भएको स्थान पत्ता नलागेकाले अझै पनि बिजुली बल्ने यकिन नभएको विद्युत प्राधिकरण उदयपुर वितरण केन्द्रले जनाएको छ। मर्मतका लागि अवरोध आएको ठाउँको खोजी भइरहेको वितरण केन्द्रले जनाएको छ।
बिजुली नहुँदा जिल्लामा रहेका सरकारी कार्यालय, वित्तीय संस्थाको काम प्रभावित भएको छ भने यी जिल्लामा संचालित रेडियो तथा विद्युतीय संचार माध्ययम पनि नियमित हुन सकेका छैनन् ।
शनिबार देखि उदयपुर लगायत ४ जिल्लामा बिजुली छैन
शनिबार देखि उदयपुर लगायत ४ जिल्लामा बिजुली छैन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















