लमजुङ / लमजुङमा एक व्यक्तिले चितुवा सँग भिडेर आफु बाँचेका छन्। उहांले आक्रमणको बेला बालक बचाउदा चितुवा मारेको हो।
उहाँको जंगल नजिकै घर भएका बेसीशहर नगरपालिका– ९ साम्दी गाउँ घरभएका ६७ वर्षीय हरिबहादुर थापालाई बिहान घाँस काट्न खेतमा जाँदा आहारा खोज्दै हिडेको पोथी चितुवाले एक्कासी आक्रमण घरै नजिक गरेको थियो ।
उहाँले भने मलाई चितुवाले आक्रमण गर्दै गदा छोरा रणजंग थापाले देखेछन् र मलाई वचाउन आएका हुन्।हरि बहादुरले बताए मसँग भएको खुर्पाले त्यसलाई हान्न भ्याएको हो । उहाँले देब्रे हातले चितुवाको आक्रमण छिक्दै दाईने हातमा भएको खुर्पाले चितुवालाई आक्रमण गरेको उहाँले बताउनुभयो। छोरा आईपुगेपछि दुवै जना चितुवासंग १० मिनेट जति भिडेयो । हरि बहादुरले बताए । खुर्पाको चोटले गर्दा चितुवा पनि थाक्दै गयो र आक्रमण गर्न पनि छाड्यो ।
उनका बुवाको साथमा खुर्पा नभएको भए, उहाँलाई चितुवाले सिध्याउथ्यो, छोराले आज म टुहुरो हुनबाट बचेँ । छोरा रणजंग थापाको भनाई छ । चितुवाको आक्रमणबाट वचेका बुवा हरि बहादुरको दाहिने हातमा र चोर औंलामा चोट निकै छ। तथापि शरिरका अन्य भागमा चितुवाको नंग्राले सामान्य कोरेको उनका छिमेकी शिव थापाले बताउनु भयो ।
घाइते हरि बहादुरको उचपारका लागि जिल्ला सामुदायिक अस्पताल बेसीशहरमा लगिएको थियो । उनको प्राथमिक उपचारपछि रेविजको खोप जिल्लामा नभएका कारणले काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नयाव उपरीक्षक गंगाबहादुर थापाले जानकारि दिनुभयो।
जिल्ला सदरमुकाम बेसीशहर नगरपालिका– ९ को साम्दी गाउँमा आइतबार सो घट्ना भएको जिल्ला वन कार्यालयले जनाएको छ । सोहि घट्ना विहान ८ बजेको समयमा भएको जिल्ला वन कार्यालयको भनाई रहेको छ।























