चितवन / चितवनको भरतपुर महानगरपालिका वडा नं.२२ को पटिहानी बजार क्षेत्रमा औषधि पसल बाहेक सम्पूर्ण पसलहरु भदौं १२ गते सम्मका लागि बन्द गरिएको छ ।
चितवन प्रशासनले निषेधाज्ञा अवधिमा विहान र बेलुका ३ घण्टा अतिआवश्यक पसलहरु संचालन गर्न दिएको थियो । तर पटिहानी क्षेत्रमा समुदायस्तरमै कोरोना फैलिएको भन्दै वडा कार्यालय भरतपुर–२२ ले आज (आइतबार)देखि लागू.हुने गरी पटिहानी बजार क्षेत्रमा पूर्ण रुपमा बजार बन्द गरेको हो ।
वडाध्यक्ष विष्णुराज महतोद्धारा जारी सूचनामा वडा नं।२२ को बजार क्षेत्र बनकट्टा चोकदेखि पटिहानी बजार हुँदै पर्सा चोकसम्म औषधि पसल ९फार्मेसी० बाहेक सम्पूर्ण व्यापार, व्यवसाय, बैंक तथा वित्तिय संस्था बन्द गर्न र अनावश्यक हिँडडुल नगर्न वडाबासीलाई आग्रह गरिएको छ ।
शनिबार भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुरको स्वास्थ्य संस्थामा कार्यरत एक जना र स्थानीय दुई वटा मेडिकलमा कार्यरतमा कोरोना संक्रमण पुष्टि भएको थियो ।





















