चितवन / आज (आइतबार) चितवनका ७ सहित चितवनमा ९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका ७ जना, सर्लाही र तनहुँका एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।






















