चितवन / चितवन जिल्ला भरतपुरमा पुन एक साताका लागी निषेधाज्ञा थप गरिएको छ । आज शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी भदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरेको हो ।
यस अघि माडी नगर पालिका बाहेक साउन ३२ गते देखि भदौ ५ गते ६ वटा स्थानीय तहमा निषेधाज्ञा जारी गरिएकामा यसपटक भने सातबटै अर्थात पुरै जिल्लाभरका स्थानीय तहमा निषेधाज्ञा लागू गरिएकोे जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निषेधाज्ञा भदौ १२ गते राती १२ वजे सम्म निरन्तर रहने छ ।

सुरक्षा समितिको बैठकले अत्यावश्यक सामान किन्न साँझ र विहानको समयमा खुल्ला गरिएको बेला सवारी साधनको प्रयोग गरी लामो दूरीको यात्रा गर्ने र घुमफिर गर्ने पाइएको भन्दै त्यसमा कडाइ गर्ने निर्णय गरेको छ ।
जो जहां छ त्यहि नजिकै रहेको पसलबाट अत्यावश्यक सामान पैदल यात्रामा गएर किन्न र निश्चित दूरी कायम गर्न सबैमा अनुरोध गर्ने र पालना भए नभएको अनुगमन गरिने समेत सहायक प्रजिअ नेत्र प्रसाद शर्माले बताए ।





















