काठमाडौं / लिदी पहिरोमा थप ३ जना सहित २८ जनाको शव भेटियो भने ११ जना अझै बेपत्ता भएका छन् । गत शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरामा बेपत्ता भएका मध्ये थप तीनको शव भेटिएको छ ।
यसअघि २५ जनाको शव भेटिएकामा ११ जना अझै सम्म बेपत्ता छन् । पहिरोमा परेर ३९ जना बेपत्ता भएका थिए । एक बालक र दुई महिलाको आज शव फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।
पाँच वर्षीय सानुकान्छा दोङ ,४२ वर्षीया जिबिरानी दोङ र १८वर्षीया ललिता दोङको शव फेला परेको उनको भनाइ छ । यससँगै पहिरोमा ज्यान गुमाउने २८ जना पुगेका छन् ।
हालसम्म फेला परेका शवमध्ये १५ पुरूष र १३ महिला छन् । पहिरोमा हराइ रहेकाहरूको खोजीमा नेपाली सेना र नेपाल प्रहरीका ६६ जना र स्थानीय जुटेका छन् ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार एक्साभेटर ल्याउन सकिने अवस्था नरहेकाले गल , गैची , साबेल र कोदालोको भरमा खोजी भइरहेको छ ।





















