बदलियो समय बदलियो युग बदलिएन यादहरु
चालचलन ब्यवहार बदलिए बादलिएन बादहरु
आखिर किन गर्छौ भेदभाव फरक के मा छ
मुखियाका चलन बदलिए बदलिएन घातहरु
जातीय बिभेदले आक्रान्त भयो सकिएन युद्ध
संस्कार संस्कृति बदलिए बदलिएन जातहारु
आसै आसमा निराश बनाउछ समाजिक कुर्तिले
ज्याला दिने ती सोच बदलिए बदलिएन हातहरु
न्यायलयमा न्यायका झुठो दियोहरु बाल्छन
न्यायका लवज बदलिए बदलिएन आसहरु
लिटिस दास
बुद्धशान्ती – ३ झापा





















