त्यो पुरुष जो हर पिडामा पनि
हाँसेको,जिन्दगीलाई आफ्नै
ढङ्गले बाँचेको देखेको छु
हामी त गीतको तालमा नाची
रहन्छौ तर उहाँलाई जिन्दगीको
तालमा नाचेको देखेको छु ।
कहिल्यै गुनासो सुनेको छैन,
हाम्रो आवश्यकता पुरा गर्न
चुपचाप काम मै व्यस्त देख्छु
आमाको लागि नयाँ कपडा आइ
रहन्छ,मेरा लागि पनि आउछ तर
उहाँलाई सँधै खाली खाली देख्छु ।
हाम्रो भविष्यको चिन्तामा,हामीलाई
मिठो खुवाउन, कयौँ पटक उहाँले
भोकै काम गरेको देखेको छु
उहाँको त्याग,पसिनाले, खाली पेटले,
फाटेको जुत्ताले, कहिले च्यातिएको
कपडाले मेरो जिवन सेकेको छु ।
कम बोल्ने मायाँ नदेखाउने, न कुनै
शब्दमा लेखाउने, चुपचाप शितलता
दिइ रहने रुख रहेछ बुवाको माँया
एक शब्द केहि नभने पनि गल्ती
गर्दा डर लाग्ने,जे जरुरत परे पनि
उहाँको भर लाग्ने रहेछ बुवाको मायाँ ।
बाचुन्जेल सम्मान गर्नु,बुवाको हृदय
खुसीले भर्नु,सबैको सौभाग्य हुन्न
बुवाको छायाँमा सुरक्षित भइ रहने
बुवा भन्ने सम्बन्ध यस्तो रहेछ,सन्तानको
खुसीको लागि घाम,पानी,आगो,निन्द्रा,
भोक,तिर्खा सबै हाँसी हाँसी सहि रहने ।
(लेखक देविका कुवँर दुखको साथी अभियानको संयोजक हनुहुन्छ )





















