नर्सिङ पेशालाई सुरक्षित र मर्यादित बनाउन अध्ययन गरेको सुरुवाती नर्सिङ प्रवीणता प्रमाण पत्र तहको प्राम्भिक विद्यार्थी जीवनमा नै सशक्त आवाज उठाउँदै आएको हो।
सायद यही पृष्ठभूमिको कारणले बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुँदा नर्सिङ पेशाको मर्यादा र अधिकारको लागि न्यायपूर्ण आन्दोलनको कमाण्ड नै सम्हालेको थिए।
त्यस्तै विधार्थी जीवन महाराजगन्जमा सशक्त नर्सिङ पेशाको लागि आवाज बुलन्द गर्ने हुनाले होला प्रथमत: तत्कालीन मध्यमाञ्चल विकास क्षेत्रबाट सर्वसहमत अनुरुप केन्द्रिय सदस्य २०७१ साल मंसिर १७ गते मनोनित भाको थिए। तत्पश्चात् नेपाल नर्सिङ संघ नजीकबाट बुझ्ने र यस क्षेत्रमा पेशाको उत्थानको लागि कार्य गर्ने अवसर पाए र सम्पूर्ण नर्सिङ पेशाकर्मीहरुको कानूनी मूल्य मान्यता अनुरूप हक अधिकारको रक्षा साथै पेशाको उत्थानकोको लागि एउटा कडा पर्खाल बनी कार्य गरे।
नर्सिङ संघमा नर्सिङ पेशाकर्मी प्रति परेको अन्याय, अत्याचार, विभेदपूर्ण व्यवहार विरुद्ध परेको कुनै पनि निवेदन उपर नर्सिङ संघ कटिबद्ध दिनरात नभनी न्याय दिलाउन लागिपरेको छ।
२०७२ साल वैशाख ७ गते ओसिम गुरुङ माथि प्रहरी र प्रशासनबाट उचित न्याय नपाएको हुनाले नेपाल नर्सिङ संघबाट उचित न्यायको लागि साथ र सहयोग पाउँ भनी ओसिम गुरुङको हजुरबुवा रुद्र बहादुर गुरुङ ज्यूले गरिएको निवेदन प्रति चितवन नर्स एक भै न्यायको लागि लडेको थियो। यसको सवालमा कावासोती इलाका प्रहरी कार्यालय जम्बो टोली सरला केसी म्याम साथै केन्द्रको तर्फबाट म लगायत तत्कालीन अध्यक्ष तारा पोख्रेल म्याम र चितवन नर्सिङ हाम्रो नै नेतृत्वमा कार्य गरिएको हो। त्यो बेला कस्तो अवस्था थियो यो यहाँ उल्लेख गर्न सक्दिन।
त्यस्तै मिति २०७४ साल पौष २५ गते, अङ्ग प्रत्यारोपण अस्पताल भक्तपुरले गरेको गैरजिम्मेवारपूर्ण निर्णय र स्वास्थ्य मन्त्रालयको हेपाहा प्रविर्ती विरुद्ध देशव्यापी रुपमा आन्दोलनमा उत्रेको थियो।।
तत्कालिन प्रधान मन्त्री एमालेका अध्यक्ष केपी ओली नै थिए, तर पनि देशव्यापी रुपमा आन्दोलन गरी सफलता हासिल गरी छाड्यो यो नर्सिङ संघको ठूलो फडको थियो।
त्यस्तै कोरोना महामारीको समयमा नेपालगन्ज भेरी अस्पतालमा चिकित्सक र नर्सहरु माथि भएको अमानवीय अति क्रूर हमला प्रति नेपाल नर्सिङ संघको वरिष्ठ उपाध्यक्षको पदिय मर्यादा अनुरूप त्यही जिल्लाका कार्यसमितिलाई आन्दोलनमा उतारी पीडित पक्षलाई न्याय मात्र होइन अध्यायदेश मार्फत “स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी सुरक्षा सम्बन्धी ऐन” नै पारित गराउन सफल भइयो। तत्कालीन समयमा लुम्बिनी प्रदेको मुख्य मन्त्री पनि एमालेका नै थिए।
त्यस्तै बिपी क्यान्सर अस्पतालमा सेवाग्राही र नर्स बीच भएको विवाद र त्यसलाई लिएर सामाजिक अभियन्ताबाट नर्सिङ पेशाको नै आँच गिराउने कार्य भएको साथै सामाजिक सञ्जालमा अनेकौँ गाली बेइज्जत ह्वात्त बढाएको हुनाले नेपाल भित्र सबै नर्सिङ पेशाकर्मी छटपटाई रहेको अवस्था थियो। त्यसको समाधान नेपाल नर्सिङ संघले नै गराएको अवगत गराउन चाहन्छु।
जेनजी आन्दोलन पश्चात् निजी संस्थाहरुमा नर्स प्रति भएको श्रम शोषणको कुरो सबान्धमा चितवन कलेज अफ मेडिकल साइन्समा आन्दोलन असोज ८ गते भाको पदिय दायित्व अनुरूप त्यहाका व्यवस्थापन पक्ष, आन्दोलित पीडित पक्ष दुवै बीच भाको छलफलमा सहभागी भई दुवै पक्षलाई राज्य अभिभावक विहिन ( स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री नभएको समय) भएको अवस्थामा संयमित भै गहन छलफल द्वारा समाधान गर्न अपिल गरेको थियो साथै भोलि पल्ट त्यो माग सम्बोधन गरिदिनुहुन नैतिक दवाव दिएको हो र तत्पश्चात् मणिपाल मेडिकल कलेजमा भाको आन्दोलन सम्बन्धमा केन्द्रबाट वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सदस्य तीन जनाको केन्द्रका समूह त्यहा पुगेको थियो र स्थानीय कास्की नर्सिङ संघ, आन्दोलित पक्ष र त्यस आन्दोलनलाई सम्हालेका समूह सबैसंग बसी छलफल गरी व्यावस्थापन पक्षसँग वार्तामा बसेको नै हो।
तत्काल व्यवस्थापक पक्षबाट अति आवश्यक कदम चालेर समस्या सम्बोधन नभएको हुनाले केन्द्रमा पीडित पक्ष समूहसंग छलफल चलाएर आन्दोलन गरेको हो।
नेपालमा नर्सिङ संघले केही गरेनन् , नर्सिङ संघको काम छैन र हामी नर्सहरुलाई त्यसको मतलव छैन भन्नेहरुलाई यो सानो कार्यको सम्झना मात्र गराएको हो।। किनकि नर्सिङ संघबारे बुझ्न नै नचाहने, अनि नर्सिङ संघले काम नै गर्दैन भन्नु कति जायज होला??
हो सबै मुद्दामा सफलता हासिल गर्न नसकेको व्यवहोरा सत्य हो त्यो पनि अवगत गराउन चाहन्छु।
ट्रमा अस्पतालमा तात्कालिक स्वास्थ्य मन्त्रालयको ठाडो मौखिक आदेश मार्फत करारमा रहेका नर्सहरु चिकित्सकहरु लगायत अति आवश्यक दक्ष प्राविधिकहरु(electrician, plumber) दशैंको मुखमा निकालेका हुन्। त्यो बारे त्यहाँ नर्सिङ संघको वरिष्ठ उपाध्यक्ष पुगेर त्यसको बिरोध जनाएको हो, तर कानूनी लडाइँ लड्न नपाएको हो त्यो सुक्ष्म रणनीति अनुरुप ३ महिनाको तलब लिने बेला र त्यसको ३-४ दिन पछि दशैंको लामो बिदा पारेर अन्याय गरेको हो।
त्यस्तै लर्ड बुद्ध मेडिकल कलेज नेपालगन्जमा नर्सहरु साथै स्वास्थ्य कर्मी र कर्मचारीहरू माथि अन्याय गरेको हो, यी दुवै स्थानमा त्यो बेलाको राजनीति शक्तिको आडमा गलत कार्य गरेका हुन् त्यसमा नर्सिङ संघले काम गर्दा पनि तत्कालीन राज्यपक्षले निकायहरू विरुद्ध सशक्त लड्न सफल नभएको हो त्यो पनि लेख्नै पर्दछ, बोल्न नै पर्दछ।
कानूनी रुपमा आफ्नो मौलिक अधिकार बारे धेरै नर्सहरु अनिभिज्ञ नै छन् भन्ने कुरो यसबाट म पूर्ण रुपमा जानकार छु। त्यति मात्र होइन, नेपालको श्रम ऐन, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन बारे अधिकांश नर्सहरु अनभिज्ञ भाको पाएको छु।
अहिले १३ चैत्र २०८२ मा स्वास्थ्य तथा जनसंख्या मन्त्री नर्सिङ पृष्ठभूमिबाट हुनु भएको हुनाले अब किन्तु परन्तु,आदि, फूल स्टफ, कमा, सेमी कोलोन आदि देखाएर कानूनी रुपमा नर्सिङ पेशालाई अभिभावक विहिन टुहुरो बनाउने छैन भन्ने आशा जगाएको छ।
त्यही नेपालगन्जको मेडिकल कलेजमा चिकित्सकहरुले जागिर छोडेर प्राइभेट प्राक्टिस गर्छौं भनेर धम्क्याए पछि उहाँहरुलाई नछोएको हो भन्ने कुरो पाए।
हो चिकित्सा क्षेत्रको व्यवसायमा धेरै नै अनावश्यक अड्चन, बाधा होला, सिस्टममा नै केही न केही त्रुटि होला त्यसलाई पहिचान गरी सकेसम्म सच्याएर र परेको खण्डमा परिवर्तन गरेर भए पनि व्यवसायीहरुको पनि मन जित्न सक्नु पर्दछ, पेशागत अधिकारको मात्र कुरो गरेर परिवार, समाज र राज्य प्रतिको उत्तरदायित्व कदापी भुल्नु हुँदैन।
नेपालमा २०८२/११/१६ गते सम्ममा नर्सिङ परिषदमा दर्ता भएका ८८,२३२स्टाफ नर्स, ३७,५९५अनमी, १९५ मीडवाईभ र १९५६ विशेषज्ञ नर्सहरु छन्। यत्रो ठूलो सङ्ख्याका नर्स हरु मार्फत पक्कै स्वास्थ्य सेवा प्रणालीमा ठूलो फडको मार्न सकिनेछ।।यो आशा पलाएको छ, त्यो पक्कै पूरा गराउन नेपाल नर्सिङ संघ आफ्नो स्थापना काल को शून्य समय देखि राम्रा कार्यको लागि सरकारलाई साथ निभाइ रहेको छ। यो कार्य र त्यसको परिणाम परिवार, समाज र राज्यमा स्वास्थ्यको दृष्टिबाट अवलम्बन गर्ने गर्दछ।
यो नेपाल नर्सिङ संघले व्यक्तिको व्यक्तिगत मौलिक अधिकार र विविध जात जाति र भूगोलको संस्कृति आदिलाई सम्मान गर्दै स्तरीय स्वास्थ्य सेवा पूर्णता पहुँचको सिद्धान्तमा अभ्यास गर्ने गर्दछ।।
आशा छ नेपाल नर्सिङ संघको कार्य र यसको सैद्धान्तिक उपस्थितिलाई आत्मसाथ गरी आज सम्म निभाएको भूमिकालाई सम्मान गर्दै नेपाल सरकार साथ साथै अगी बढ्ने छ । आम नर्स समुदायमा नर्सिङ संघ प्रति फैलाएको भ्रम चिर्न वर्तमान परिवर्तित सरकारले साथ निभाउने छ भन्ने आशा जगाएको छ।
(लेखक रमेश सुब्बा नेपाल नसिंङ्ग संघ वरिष्ठ उपाध्यक्ष )





















