गोरखा / गोरखा पालुङटार नगरपालिकाले भोलीबाट अत्यावश्यक बाहेकका सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले सुचना जारी गर्दै भोलीबाट अत्यावश्यक सेवाहरू (स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अति आवश्यक सेवामा खटिने कर्मचारीहरु, एम्बुलेन्स, औषधि, खाद्यान्न, तरकारी, पानी, बिजुली आदी) बाहेक अन्य सबै कार्यालय, उधोग, व्यवसाय, बैंक, वित्तीय संस्था, मेला, जात्रा, आवतजावत बन्द गर्ने निर्णय गरेको हो ।
बन्द जारी भए सँगै नगरपालिका क्षेत्र भित्र सार्वजनिक यातायात पूर्ण रूपमा ठप्प हुनेछ भने उद्योग तथा कलकारखानाहरू सञ्चालनमा समेत कडाइ गरिनेछ । राजमार्गमा अति आबश्यक सवारी मात्र चल्न दिने, आबश्यक वस्तुलाई निश्चित समयमा मात्र खोल्न दिने र भित्रि आवागमन पूर्ण रुपमा निस्तेज हुने गरि बन्द आवहान गरिदै छ ।
नगरपालिका वडा मार्फत सम्पूर्ण सघसस्थाका समितिहरु लगायत सबैलाई सतर्क भई घरमानै रहन सन्देश प्रवाह गरिदैं छ । नगरको बिपद व्यवस्थापन ईकाई, नगरप्रहरी, महानगरका सिमित कर्मचारीहरु परिचालन गरेर रोगको नियन्त्रण, उपचार र व्यवस्थापनको काम गरिने पालुङटार नगरपालिका प्रमुखले जानकारी दिनुभयो ।





















