बुटवल / बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्यले कोरोना अत्याधिक मात्रामा बढ्दै गएकोले आज बिहीबार राति १२ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म ९ दिन लकडाउन गर्ने निर्णय गरिएको जानकारी दिइन् ।
अचानक लकडाउन गर्दा बुटवलबाट अन्यत्र जाने र बुटवल आउनेहरुलाई हुनसक्ने समस्यालाई मध्यनजर गरी एकदिनको समय दिएर लकडाउन गर्ने निर्णय गरिएको आचार्यले बताइन् ।
साउन महिना लागेसँगै लकडाउन हटेपछि बुटवलमा यातायात बाहेकका सेवाहरु संचालन हुने क्रम बढिरहेको थियो । प्रदेशको अस्थायी राजधानी रहेका कारण दैनिक आवतजावत गर्ने व्यक्तिहरुको चाप बढिरहेको र कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि लकडाउन गर्ने निर्णय गरिएको उपप्रमुख आचार्यले जानकारी दिइन् ।
लकडाउन घोषणा गरिएपछि बुटवलमा अत्यावश्यक सेवाका सवारी साधन, दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने साधन लगायत अत्यावश्यक सेवा मात्र संचालन हुने छन् ।





















