काठमाडौं / आजदेखि काठमाडौं उपत्यका आउन–जान पूर्ण रूपमा रोक लगाइएको छ ।
गृह मन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौं आउन–जान पूर्ण रूपमा रोक लगाएको हो ।
मन्त्रालयको निर्देशनपछि काठमाडौं जिल्ला प्रशासनले उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरे सँगै अब काठमाडौं आउन र यहाँबाट बाहिरी जिल्ला जान पाइने छैन ।





















