चितवन / चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुलेको दुई सातामा नै पुनः बन्द भएका छन् । साउन १५ गते देखि खुलेका होटल हिजो बुधबारबाट बन्द भएका हुन् ।
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार सरकारले होटल बन्द गर्ने भनेसँगै पुनः बन्द भएका हुन् । त्यसअघि चैत ११ गतेबाट बन्द भएका होटल चार महिनापछि सञ्चालनमा आएका थिए । कर्मचारी बोलाएर वा कसैको घरमै गएर ल्याएर सरसफाइ, मर्मतसम्भार, रङरोगन, इन्टरनेट जडान लगायत काम सकिन नपाउँदै पुनः होटल बन्द भएको उहाँको गुनासो छ ।
उनले भने , “हामीले कति दुःख पाउने कर्मचारी बोलायौँ, खर्च गयौं फेरि बन्द गर्नुपर्यो , भनेर गुनासो गरेका थिए ।” रोगको सङ्क्रमणका कारण बन्द गर्नु बाध्यता भए पनि खोल्ने र बन्द गर्ने गर्नुपर्दा नोक्सान बढी भएको उहाँको भनाइ छ ।
यसकारणले गर्दा हामीहरुको बैकको व्याज , किस्ता र कर्मचारीलाई तलब खुवाउन गार्हो परेको कुरा भट्टराई दुखित हुदै गुनासो गरेका थिए ।





















